No icon

कपिलवस्तुमा सवारी कारबाहिमा ८८ लाख ६० हजार राजश्व संकलन

 सृजना थारु ६ भदौ, कपिलबस्तु । कपिलवस्तुमा गएको वर्ष १६ हजार ८७ सवारी कारबाहीमा परेका छन् । ट्राफिक नियम उलंघन गरेका ती सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले कारवाही गरेको हो । जिल्ला ट्राफिकले आर्थिक वर्ष २०७६/०७७ मा सवारी कारबाहीबाट ८८ लाख ६० हजार रुपैयाँ राजश्व संकलन गरेको ट्राफिक प्रहरी निरीक्षक टक्कर स्वार जानकारी दिनुभएको छ । आर्थिक वर्ष २०७५/०७६ मा कूल २८ हजार २ सय २० सवारी कारबाहीमा परेका थिए । जसबाट १ करोड ५६लाख ८६ हजार राजश्व  संकलन भएको थियो । जसको तुलनामा १२ हजार १ सय ३३ ले करवाही गर्ने सख्यमा कामी आएको उहाले बताउनु भयो  । सवारी कारबाहीमा यसवर्ष सबैभन्दा बढी ट्रक परेका छन् । ट्रक मात्र ११ हजार ५ सय ६५ वटा कारबाहीमा परेका छन् । भने दोस्रोमा मोटरसाइकल १९ सय ८७ वटा कारबाहीमा परेका छन । यसैगरीे कारबाहीमा परेका बसको संख्या ६ सय ८३, जीप/कारको संख्या ११ सय ७६ ,ट्रेक्टरको संख्या ५ सय १४ र आटोरिक्सा १ सय ६१ रहेको ट्राफिकले जनाएको छ । ट्राफिक नियम उलङ्घन गरेका, ओभरलोड र मापदण्ड विपरीत कार्य गरेका सवारीलाई कारवाही गरिएको प्रहरी निरीक्षक स्वार बताउनुभयो । यता आर्थिक वर्ष २०७६/०७७ मा मादक पदार्थ सेवन गरी सवारी चलाउने २२ जना कारबाहीमा परेका छन् । जसबाट ट्राफिकले २२ हजार ४ सय राजश्व असुली भएको ट्राफिकले जानकारी दिएको छ ।

 

Comment As:

Comment (0)