No icon

सुस्मिताको हत्यारा सार्वजनिक गर्न माग गर्दै मैनवत्ति प्रज्वलन !

१४ असार, कपिलबस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाउँ माईत भएकी सुस्मिता थापाको हत्या भएको १३ औँ दिनमा आइतबार साँझ मैनवत्ति प्रज्वलन भएको छ । बाणगंगा नगरपालिकाका वडाबासीको संक्रियतामा  सयौं महिलाहरुको सहभागिता रहेको मैनबत्ति प्रज्वलनमा हत्यारालाई चाँडो भन्दा चाँडो सार्वजनिक गर्न माग गर्दै बृहत् रुपमा मैनवत्ति प्रज्वलन गरिएको हो । 


अनौपचारीक रुपमा गरिएको उक्त बृहत् मैनवात्ति प्रज्वलन कार्यक्रममा  महिला अधिकारकर्मी तथा वडा नम्बर ८ का वडा सदस्य गीता भुसालले प्रशासनलाई दावव स्वरुप मैनबत्ति प्रज्वलन गरेको बताउँनुभयो । उहाँले दोषिलाई कानुनी कठघरमा नल्याएसम्म आफुहरुले न्यायको लाडाई लाडिरहने बताउँनुभयो । त्यस्तै अनौपचारिक कार्यक्रममा सुस्मिताका ठुला बुबा हुम बहादुर थापा  र आमा लक्ष्मी के.सीले हत्यारालाई चाडो भन्दा चाडो सार्वजनिक गर्न प्रशासनलाई ध्यानकर्षण गराउँदै  दोसीलाई कडा भन्दा कडा सजाय हुनुपर्ने माग गर्नुभयो ।

Comment As:

Comment (0)