No icon

मगर समुदायले मगरात भन्ने बित्तिकै विवादास्पद: प्रदेश सल्लाहकार बुढा

राम अवतार चौधरी १५ फागुन, कपिलवस्तु। नेपाल मगर संघ तथा प्रदेश सल्लाहकार बलराम बुढाले मगर समुदायले मगरात भन्ने बित्तिकै विवादास्पद भएको बताएका छन् । नेपाल मगर संघ शिवराज नगर समितिले शिवराज–१, शिवपुरमा आयोजना गरेको कार्यक्रममा बुढाले यस्तो बताएका हुन् । ३८औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा बिहीबार भएको कार्यक्रम सल्लाहकार बुढाले समुद्घघाटन गर्दै ५ नं प्रदेशको नामकरण मगरात राख्ने प्रस्ताव राख्दा मगरहरूको जात जोडियो भने गैर मगरले विवाद उठाएको उनले बताए । तर मगर समुदायको जातीय हिसाबले होइन् मगर समुदायले रचेको इतिहासलाई लक्षित गरि प्रदेशको नाम मगरातसँग जोड्ने बुढाले उल्लेख गरे । राष्ट्रियताको ऐतिहासिक सन्देश दिने मगरात पहिचान, संस्कृति, संस्कार र परम्परा रहेको बताउँदै १६औँ शताब्दीमा फर्केर हेर्दा देशको १८ स्थानमा मगरहरूले राज्य चलाएका इतिहास रहेको  उनले जिकिर गरे । उनले भने वास्तविकतामा इतिहासलाई शिर ठाडो गरेर भन्ने हो भने मगर बहुल्य भएको क्षेत्र ५ नम्बर प्रदेश मानिन्छ । मगर पहिचान सँग जोडिएको बिषय रहेको दावी समेत सल्लाहकार बुढाले गरे । “मगर इतिहास भाषा, संस्कृति र धर्म संरक्षण सम्बर्द्धन मगरहरूको मुल मन्त्र, जाति पहिचान र स्वयत्त शासन सहितको संघिय लोकतान्त्रिक गणतन्त्र“ भन्ने मुल नाराका साथ भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताले मगर समुदाय एक छुट्टै पहिचान भएको साँस्कृतिक धनी समुदाय जुन देशकै गहनाको रूपमा चिनिने गरिन्छ यसलाई सम्बर्द्धन र संरक्षण गर्नु जुनसुकै समुदायको दायित्व रहेको बताउँदै कार्यक्रम सफलताको कामना समेत गरेका थिए । उक्त कार्यक्रममा पूर्ण बहादुर बुढा मगरको अध्यक्षता, नेपाल मगर संघ तथा प्रदेश सल्लाहकार बलराम बुढाको प्रमुख आतिथ्यता, शिवराज नगर उपप्रमुख शिवकुमारी थारु, चन्द्रौटा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, थारु पत्रकार संघ नेपालका केन्द्रीय सदस्य राम अवतार थारु, देवी सरु मगर, चुर बहादुर खड्का, जगत बहादुर घर्ती, लाल बहादुर मगर लगायतको आतिथ्यता, गणेश बुढा मगरको स्वागत र खिम बहादुर पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Comment As:

Comment (0)