No icon

संमृद्धि ईट्टा उद्योगमा अन बोडिङ कार्यक्रम सम्पन्न

२० कार्तिक कपिलबस्तु । घर–घरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपाल र ग्लोबल फेयरनेश ईन्सेटिभको सहकार्यक्रमा संचालित ‘बेटर व्रिक नेपाल’ परियोजना अन्र्तगत बुधबार एक कार्यक्रमका विच संमृद्धि ईट्टा उद्योगमा अन बोडिङ कार्यक्रम सम्पन्न भएको छ । शुद्धोधन गाउँपालिका–१ सोसामा रहेको उक्त संमृद्धि ईट्टा उद्योगमा आउने कामदारहरुलाई स्वागत गर्दै अन बोडिङ्ग कार्यक्रम सम्पन्न गरिएको हो ।

  अन बोडिङ्ग कार्यक्रम अन्र्तगत उद्योगमा रहदा कामदारले पालना गर्नुपर्ने आचारसांहिताको बारेमा जानकारी गराउँदै विविएनका ५ वटा मापदण्डहरुको बारेमा जानकारी समेत गरिएको थियो । उनीहरुलाई संमृद्धि ईट्टा उद्योगका विविएन तालिम हुने प्रक्रिया, उद्योग र विविएनको सहकार्य, गुनासो सुनुवाई समिति, कामदारहरुलाई हप्ता भुक्तानी पास बुक, बैंकबाट कामदारहले कारोबार गर्नुपर्नेबारे संस्थाका प्रतिनिधी कमल चौधरीले बताए । त्यस्तै  कामदार समिति काम र कार्तव्यको बारेमा र उद्योगको विनियमावलीमा व्यवस्था गरे अनुरुप रोजगार सम्झौता नियुक्ति पात्रको बारेमा समेत जनकारी गराईएको थियो ।  कार्यक्रममा नेपालको श्रम ऐन अनुसार ज्यालाको व्यवस्था हुनुपर्ने र १४ बर्ष भन्दा कम उमेरका बालबालिकालाई काममा लगाउन नहुने बारेमा समेत जानकारी गराईएको थियो ।  त्यस्तै संमद्धि ईट्टा उद्योगका नाईके तिलक कठरियाले उद्योगमा रहेका सबै कामदार एउटा परिवार भएर मिलेर बस्नुपर्ने बताए । उनले बालबालिकालाई काममा लागउन नहुने बताउँदै उद्योगमा संचालन रहेको समृद्धि बालविकास केन्द्रमा बालबालिकाहरुलाई पढ्न पठाउन अनुरोध समेत गरे ।

    त्यस्तै अन बोर्डिङ्ग कार्यक्रम जि.एस. एस, लाक्की र सिद्धार्थ ईट्टा उद्योगमा पनि सम्पन्न गरिएको छ । विविएन कार्यक्रम संचालन भएको ईट्टा उद्योगमा काम गर्न आउने कामदारहरुलाई उद्योगका कार्यपालक अधिकृत वा संस्थाका प्रतिनिधीहरुले कामदारको स्वागत तथा व्यवस्थापन प्रक्रियाको बारेमा (अनबोडिङ्ग ) कार्यक्रम गर्ने गरिन्छ ।

Comment As:

Comment (0)