मानव अधिकार र शान्ति समाज कपिलवस्तुद्धारा वृक्षरोपण !

No icon

 २३ जेठ, कपिलबस्तु । विश्व वातावरण दिवसका अवसरमा मानव अधिकार र शान्ति समाज कपिलबस्तुले विक्षरोपण कार्यक्रम गरि मनाएको छ ।  दिवसको अवसरमा कपिलवस्तु स्थित मानव अधिकार तथा शान्ति समाजले सिद्धार्थ माध्यमिक विद्यालय परिसरमा विभिन्न जातका विरुवाहरु रोपेर यो दिवस मनाएको हो । विभिन्न ५ प्रजातिका विरुवाहरु रोपिएको शान्ति समाज कपिलवस्तुले जनाएको छ । वृक्षरोपण कार्यक्रममा समाजका सभापति गोबिन्द पोख्रेल, सचिव माधव घिमिरे, सदस्य गुरुदेव पौडेल, विष्णु पन्त, प्रविण पौडेल लगाएतको सहभागिता रहेको थियो । विद्यालयका अध्यक्ष प्रेमबहादुर राना, प्रधानाध्यापक अनिरुद्र पौडेल सहित जेसिज कपिलवस्तुका अभियान्ता चन्द्रकान्त पौडेल लगायत वृक्षरोपण कार्यक्रममा सहभागिता रहेको मानव अधिकार तथा शान्ति समाज कपिलबस्तुका सचिव माधव घिमिरे बताए । त्यस्तै  शान्ति समाज कपिलवस्तुका सभापति गोबिन्द पोख्रेलले विरुवा रोपेर मात्र नहुने भन्दै त्यसको संरक्षण गर्ने दायित्व विद्यालयको रहेको बताए । वातावरण संरक्षण र स्वच्छ राख्न सके मानव स्वास्थ्य पनि स्वस्थ बन्न सक्ने सभापति प्रोख्रेलको भनाई छ । नेपालमा पनि बढ्दो सहरीकरण, प्राकृतिक सम्पदाको दोहन, फोहोरमैलाको दिगो व्यवस्थापन, ढलको निकासीलगायत व्यवस्थित नहुँदा वातावरण संरक्षण्मा चुनौती बढ्दै गएको छ । बातावरण दिवस जुन ५ मा प्रत्येक बर्ष मनाउने गरिन्छ ।  कोरोना महामारिका बिच नेपालमा विभिन्न कार्यक्रम सामान्य किसिमले गरी दिवस मनाइएको छ । 

Comment As:

Comment (0)