कोरोना संक्रमणमुक्त भएर खुसीले नाच्दै फर्किए ५२ बालमन्दिरका बालबालिका 

No icon

२२ जेठ, काठमाडौं ।  लै वरी लै, लै वरी लै...पटुकीमा सिउरेको सुर्के थैली खै... बोलको गीत घन्कदै थियो । बालबालिकादेखि स्वास्थ्यकर्मी तथा कोरोना संक्रमण भएका विरामीहरु खुसीले नाच्न थाले । सबैको मुहारमा जीतको भाव झल्किन्थ्यो । साना ६ बर्षिय बालिका नाँच्न नआएपनि कम्मर मर्काइ मर्काइ खुसीको गीतमा नाचिरहेको देखिन्थ्यो भने अरुले पनिसाथ दिइरहेका थिए । यो खुसीको माहोल कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तालिम केन्द्रको आइशोलेसन सेन्टरको हो । शनिवार एकैपटक ५२ जना कोरोना संक्रमित निको भएर घर फर्केका थिए । चारदेखि २० वर्ष सम्मका कोरोना संक्रमित स्वथ्य भएर घर फर्केका हुन् ।

केन्द्रका चिकित्सक तथा कोभिड वार्डका संयोजक डा.जितेन्द्र श्रेष्ठले नक्सालस्थित बालमन्दिर तथा सिफलका बाल गृहका बालकालिका तथा कर्मचारी एकै पटक कोरोनालाई जितेर घर फर्किएको बताउनुभयो । सबैको एन्टिजेन परीक्षणबाट नेगेटिभ आएपछि घर फर्काइएको हो उहाँले थप्नुभयो, एक जनाको पोजेटिभ आएकोले केही दिन आइशोलेसनमा नै राख्छौं । केही दिनमा उहाँलाई पनि डिस्चार्ज गछौं । डा.श्रेष्ठका अनुसार कुनै स्वास्थ्य समस्या नभएकाले उहाँलाई पनि चाँडै नै घर पठाउछौ । ती बालबालिकामा जेठ १० गेत पीसीआरमा पोजेटिभ आएपछि ११ गते कीर्तिपुरमा ल्याइएको उहाँले जानकारी दिँदै भन्नुभयो, यस अघि कोरोनाको लहरमा साना बालबालिका भर्ना नलिएको हुनाले यो पटक लिन अलि डर थियो । कान्ति बाल अस्पतालका चिकित्सकहरुको परामर्श तथा हामीले तयार गरिएको आयुर्वेदिक औषधिले चाँडैनै निको भएको धारणा ब्यक्त गर्नुभयो । बालबालिकालाई कुनै मानसिक समस्या नहोस् भनेर बालमनोविद्हरुले पनि परार्मश दिनुको साथै विभिन्न खेलमा सामेल गराएको पनि उहाँले जानकारी दिनुयभो । डा.श्रेष्ठले युनिसेफ नेपालले बालबालिकाको लािग विभिन्न खेल खेल्ले सामान भकुण्डो, रङ सहयोग गरेको बताउनुभयो । उहाँले बालबालिकालाई रमाइलो गर्न ब्यायाम, नाचगान, लुडो, क्यारेमबोर्ड जस्ता खेल खेल्न पनि उत्साहित गरिरहेको जानकारी दिनुभयो ।

पहिलेको आयुर्वेदिक औषधि बालबालिकाले खान नसक्ने भएकोले केन्द्रका निर्देशक रामआधार यादवको संयोजकत्वमा डा.जितेन्द्र श्रेष्ठ , डा. अमितमान जोशी तथा डा.सृजना श्रेष्ठको सल्लाह बमोजिम अर्को गोली बनाएर दिएको पनि बताउनुभयो । केन्द्रका निर्देशक डा रामआधार यादव भन्नुहुन्छ, विभिन्न आयुर्वेदिक जडीबुटीबाट औषधि बनाएर बालबालिकालाई महमा खान दिएको हो । उहाँका अनुसार चार देखि १० वर्षका ११ जना, ११ देखि २० वर्षका १७ जना तथा २१ माथिका ७ जना संक्रमित भएका थिए । तीन जना बालबालिकामा भने शारिरीक अपाङ्गता रहेको जानकारी दिदै डा.यादवले आयुर्वेदिक औषधि, योग, साङ्गितिक ब्यायाम तथा बेलुका नाच गानको कारण पनि चाँदै कोरोनालाई जितेको धारणा ब्यक्त गर्नुभयो । आज ५२ जना घर फर्कदा निकै खुसी लागि रहेको छ उहाँले भन्नुभयो, बालबालिका संक्रमित भएको उपचार गरेर राम्रो परिमाण आउनु राम्रो उपलब्धि हो । यता उपचारमा खटिरहनु डा.अनिश धामीले बालबालिका धेरै आत्मविश्वास रहेको बताउनुभयो । आफूले बालबालिकालाई उपचार गर्न पाएको र निको भएर घर फर्कनुभएकोमा खुसी ब्यक्त गर्दे उहाँले संक्रमित बालबालिका आफैमा रमाएका र कोही नाच्ने गाउने गर्दे दिन विताएको बताउनुभयो । नेपाल बाल संगठनका अध्यक्ष विद्या उपाध्याय न्यौपानेले आफ्ना बालबालिका सबै निको भएर फेर्केको देख्दा खुसीको सीमा नभएको बताउनुभयो ।

Comment As:

Comment (0)