No icon

बुद्धभूमि नगरपालिकाका मेयर भन्नुहुन्छ–‘ भूमिहिनको समस्या समाधानमा आयोगले तोके अनुसारको अब काममा खटिन्छौं’

११ माघ, कपिलबस्तु । भूमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफू बसोबास गरिरहेको वा आवाद गरेको जग्गा प्राप्तिका लागि ३५ दिने सूचना निकाले पछि बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले अब तत्काल फिल्डमा खटिएर काम गर्ने बताउनुभएको छ । नगरभित्र व्याप्त रहेको भूमिहिनको समस्या समाधानमा आयोगले तोके अनुसारको काममा तत्काल खटिने बताउँदै अब लगत संकलनमा लागि कर्मचारी परिचालन गरिने मेयर श्रेष्ठले बताउनुभयो । भर्खर सकिएको आठौं नगर सभाबाट भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पक्षमा काम गर्न नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । बुद्धभूमिको हिउँदे सभा सकियो, भूमि सम्बन्धि समस्या समाधान गर्ने देखि यस्ता छन् विभिन्न निर्णय शुक्रबार निस्किएको सूचनामा ३५ दिन भित्र स्थानीय तहमा निवेदन बुझाउन भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई भूमि सम्बन्धी समस्या समाधान आयोगले आग्रह गरेको छ । आयोगले जग्गा पाउन तोकिएको ढाँचा बमोजिम निवेदन फारम भरी ३५ दिनभित्र स्थानीय तहमा बुझाउन भनेको हो । फारममा उल्लेखित विवरणलाई पुष्ट्याइँ गर्ने प्रमाण पनि पेस गर्न आयोगले भनेको छ । जग्गा प्राप्तिको निवेदन घरदैलोमा खटिएका लगत संकलक वा सम्बन्धित वडा कार्यालयमा सीधै बुझाउन सकिने छ । आयोगले निवेदन बुझाउनका लागि सातवटै प्रदेशमा स्थानीय तहहरु तोकेको छ ।

Comment As:

Comment (0)