No icon

‘करुणा हत्यामा संलग्नलाई कानुनी कार्वाहीमा ल्याउनुपर्छ’

भगवती न्यौपाने २६, भदौ कपिलवस्तु । महिला बालबालिकाको हिंसा  विरुद्धको हाम्रो अभियान करुणा घर्तिमगरको आत्माको चिर शान्तिको कामना सहित शान्तिपूर्ण प्रदर्शन, दिप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम मेचीमहाकाली बुहारी संयुक्त आवाज रुपन्देहीका संयोजक लता खड्काको अध्यक्षतामा सम्पन्न  भएको छ ।

कञ्चन गाउँपालिका १ को राड डाँडामा श्रद्धाञ्जली कार्यक्रममा बोल्दै संयोजक खड्काले यस आवाजले हरेक अन्यायको विरुद्धमा आवाजको काम गर्ने बताईन ।  उनले भनिन्– ‘करुणा हत्यामा संलग्नलाई कानुनी कार्वाहीमा ल्याउनुपर्छ ।’  आज पनि समाजमा छोरी महिला सुरक्षित नभएको अवस्था छ । यस आवाजले हरेक उत्पीडित महिलाहरुको आवजको काम गर्ने खड्काले बताईन ।

मेचीमहाकाली बुहारी संयुक्त आवाज, रुपन्देहीले आयोजना गरेको कार्यक्रममा प्रमुख अथिति कञ्चन गाउँपालिका प्रमुख गोकर्ण क्षेत्रीले करुणाको विषयमा गाउँपालिका निदाएर नबसेको बताउँदै  स्थानिय सरकारले घटनाप्रति सुक्ष्म  अध्ययनगर्ने बताए ।

गाउँपालिका उपाध्यक्ष गोमा तरामुले कानुनको रिपोर्टले  फरक देखाउँदा कानुन विपरीत जान नसकेको भन्दै घटना संकास्पद देखिएको बताए । यस्तै श्रद्धाञ्जली कार्यक्रममा कञ्चन गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरिनारायण चौधरीले  समाजमा यस्तो घटना नदोहोरियोस् भन्नका लागि जुनसुकै घटना भए पनि अन्यायमा परेकालाई न्याय दिनु मानविय कर्तव्य भएको धारणा राखे। यस्तै आवाजका केन्द्रीय  सल्लाहकार सुर्य हरि मराठा, लुम्बिनी अञ्चल सल्लाकार गंगा के.सीले बोल्दै २१ औं शताब्दीमा पनि यसरी घटना हुनु भनेको महिला आज पनि समाजमा सुरक्षित नभएको प्रतिक्रिया दिए । उनीहरुले हेटौंडा पीडा सेलाउन नपाउदै आज अर्को चेलिको मृत्यु हुनु भनेको कार्वाहीको पाटो कमजोर भएको बताए ।

करुणाको बाबाआमा रनवादुर र सम्झना घर्तिमगरले कतै आफु गरिव भएको कारण न्याय नपाएको होकी भन्दै आवाजले न्याय दिने आशामा रहेको बताए। उनीहरुले न्यायको ढोका ढकढककाउदा समेत न्याय नपाएको दुख व्यक्त गरे । करुणाको गत साउन २२ गते घर नजिकैको जङ्गलमा बलत्कार भएर झुन्डिएको अवस्थामा हत्या भएको थियो । उनको सम्बेदनशिल अङ्गमा समेत चोट लागेको र लगाएको कपडा छताछुल्ल थियो ।आवाजकी कपिलवस्तु संयोजक चन्द्रा अर्यालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन रुपन्देही संहसचिव ईन्द्रा विकले गर्नु भएको थियो । कार्यक्रममा स्थानिय, बुद्धिजिवि, समाजसेवी, आवाजका रुपन्देही, कपिलवस्तु सम्पुर्णको उपस्थित रहेको थियो ।

Comment As:

Comment (0)