No icon

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुद्वारा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री 

२४ भदौ, कपिलबस्तु । कपिलबस्तु जिल्लाका विभिन्न स्थानमा पुगेर  राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले सुरक्षाकर्मी तथा स्वास्थ्य कर्मीहरुलाई स्वास्थ्य सामाग्रीहरु वितरण गरेका छन् । स्वास्थ्य सामाग्रीहरु मास्क सेनिटाइजर र साबुन बितरण गर्ने अभियानका क्रममा दोश्रो चरणमा प्रदेश ५ का सांसद माननीय बिष्णु पन्थी  बाट संगठनलाई प्राप्त स्वास्थ्य सामाग्रीहरु आज (बुधबार) जिल्लाको पश्चिमी क्षेत्रमा रहेर फन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मी  र सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान गर्न जिम्मा दिइएको छ ।

फन्ट लाईनमा काम गर्ने  स्वास्थ्य चौकी र प्रहरी कार्यालयहरुमा आवश्यकता अनुसार बितरणका लागि कपिलवस्तु क्षेत्र न १ का प्रदेश सांसद माननीय बिष्णु पन्थी, अनेरास्ववियु केन्द्रिय सदस्य टुकलाल गैरे, नेकपा जिल्ला कमिटी सदस्य तथा बिजयनगर इन्चार्ज कमरेड अर्जुन सापकोटा, नेकपाका नेता जगत पौडेल बिद्यार्थी नेता सुशील खत्री, युवा नेताहरु  श्याम सुवेदी, सरोज पौडेल,  कबिराज अधिकारी,  धनसिङ् सुवेदी लगायतका युवा नेताहरुको उपस्थितिमा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य गोपाल ज्ञवाली द्वारा संगठन का जिल्ला सह संयोजक कमरेड कृष्ण कार्किलाइ स्वास्थ्यकर्मी चन्द्रौटामा हस्तान्तरण गरिएको हो ।

 पछिल्लो समय कपिलबस्तु जिल्ला कोरोना संक्रमणको उच्च जोखिम भएकोले जिल्लाका विभिन्न स्थानमा पुगेर सुरक्षाकर्मी तथा स्वास्थ्य कर्मीहरुलाई मास्क सेनिटाइजर र साबुन बितरण गरेको अनेरास्ववियु केन्द्रिय सदस्य टुकलाल गैरेले बताउँनुभयो । 

उहाँले पछिल्लो चरण कोरोना संक्रमण बढ्दै गएकोले नगरिकको सुरक्षामा लागिपरेका फन्ट लाईनमा काम गर्ने सुरक्षाकर्मी तथा स्वास्थ्य कर्मीहरुलाई पहिलो चरणमा जिल्लाको बुद्धभुमी नगरपालिका भित्र  रहेका  जिल्ला ट्राफिक कार्यालय गोरुसिङे, महेन्द्रकोट स्वास्थ्य चौकी, पत्थरकोट प्रहरी चौकी, इलाका प्रहरी कार्यालय गोरुसिङे, कपिलवस्तु शर्पदंस गोरुसिङे, स्वास्थ्य चौकी गोरुसिङे, बुड्डी स्वास्थ्य चौकी , गोरुसिङे बडहरा स्कुलमा रहेको क्वारेन्टाइन सेन्टर , गोरुसिङे क्याम्पसमा रहेको आइसोलेसन सेन्टर लगायतका स्थानमा स्वस्थ्य समाग्री वितरण गरेको बताउँनुभयो । त्यस्तै उहाँले बाणगंगा नगरपालिकाको प्रहरी चौकी भड्डिहवा, हथौसा स्वास्थ्य चौकी, अस्थायी प्रहरि पोस्ट, जहदि,  जहदि स्वास्थ्य चौकी, निग्लिहवा स्वास्थ्य चौकी, ईलाका प्रहरी कार्यलय कोपवा, मोतिपुर आधारभुत स्वास्थ्य चौकी, भलवाड स्वास्थ्य चौकी, मोतिपुर स्वास्थ्य चौकी, मोतिपुर आयुर्वेद औषधालय लगायतका स्थानमा स्वस्थ्य समाग्री वितरण गरिसकेको जनकारी दिनुभयो । 

Comment As:

Comment (0)