No icon

साईबाबा खानेपानीको अध्यक्षमा मिर्जा प्रसाद चौधरी निर्विरोध चयन

राम अवतार चौधरी २२ भदौ, कपिलवस्तु । साईबाबा खानेपानी तथा सरसफाई योजना कार्य समितिको अध्यक्षमा मिर्जा प्रसाद चौधरी निर्विरोध चयन भएका छन् । जिल्लाको विजयनगर गाउँपालिका–२, लोहरौलामा अवस्थित योजनाको कार्य समितिमा शनिबार एक कार्यक्रमका बीच पदाधिकारीहरु चयन भएका हुन् । जसको उपाध्यक्षमा श्याम चौधरी, सचिवमा विदेशनी थारु, सह–सचिवमा अजय चौधरी र हेलवा थारु लगायतका पदाधिकारीहरु चयन भएका छन् । यस्तै सदस्यहरूमा प्रमिला चौधरी, त्रिलोक वि.क, नवीन थारु, निलम थारु, पञ्चराम चौधरी र जितेन्द्र थारु लगायत कार्य समितिमा निर्विरोध चयन भएको साईबाबा खानेपानी तथा सरसफाई योजना समितिले जनाएको छ । यसैबीच हाल निर्वाचित भएका योजना समितिको अध्यक्ष चौधरीले विगत लामो समय देखि जीर्ण रहेको योजना तथा समितिलाई पूर्णरूपमा अगाडि बढाउने कार्यलाई निरन्तरता दिने उनले बताए । अध्यक्ष चौधरीले भने पूर्ण रूपमा स्वच्छ खानेपानी नपुगेको घरमा पु¥याउने योजना तथा उद्देश्य रहेको जनाए । त्यस्तै स्थानीयले स्वच्छ खानेपानी प्रयोग गरे स्वास्थ रहने बताउँदै अगामी समयमा खानेपानी तथा सरसफाइ योजना समितिको आफ्नै भवन तथा कार्यालय निर्माण गरि व्यवस्थापन कार्यलाई प्रथमिकता दिने अध्यक्ष चौधरीले जानकारी दिए ।

Comment As:

Comment (0)