विजयनगर गाउँपालिकामा बरघर तथा थारु अगुवालाई सम्मान

No icon

राम अवतार चाैधरी कपिलवस्तु, ४ माघ । कपिलवस्तुको विजयनगर गाउँपालिकामा थारु समुदायकाे अस्तित्व जाेगाउन थारु बरघर तथा अगुवालाई सम्मान गरिएको छ । गाउँपालिकाको आयोजनामा थारु समुदायमा मनाइने माघी पर्व काेभिड-१९ का कारण मनाउन नपाए पनि आइतबार माघी मिलन थारु संस्कृति संरक्षण तथा शुभकामना अदान-प्रदान र बरघर (अगुवा) लाई सम्मान कार्यक्रम गरिएको छ । 

माघी मिलन कार्यक्रममा थारु समुदायका विजयनगर गाउँपालिका भित्र रहेका सम्पुर्ण थारु गाउँका बरघर, समाजसेवी, बुद्धिजिवि, बृद्घबृद्घा लगायत २० जनालाई दोसल्ला ओढ्ई गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले सम्मान गरिएकाे आयाेजकले जनाएको छ  । 

गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा मगरले कार्यक्रमलाई सम्बाेधन गर्दै थारु समुदायको संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यस बर्ष गाउँपालिकाको वडा न.१ मा गाउँपालिका स्तरीय प्रथम माघी(खिचडी ) महोत्सव लगाउने पुर्ण रूपमा तयारी भएपनि काेभिडको कारणले जिल्ला प्रशासनको निर्देशनले महोत्सव स्थगित गरिएको बताए । 

विशेषगरी पछिल्लो समय नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल थारु समुदायले महान पर्व माघीलाई निरन्तरता दिँदै आएको समेत उनले जनाए । विगतका बर्ष जस्तै यस बर्ष काेभिडले प्रभावित भएकाे र महाेत्सव गर्न नसके पनि यस बर्ष माघीलाई पुनः निरन्तरता दिदैँ माघी मिलन थारु संस्कृति संरक्षण तथा शुभकामना आदनप्रदान र विजयनगर गाउँपालिका भित्र रहेका थारु गाउँका बड्घर (अगुवा) लाई सम्मान कार्यक्रम आयाेजना गरिएको समेत अध्यक्ष थापाले बताए । 

त्यसैगरी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले थारु समुदायमा माघ महिनामा मनाउने माघी पर्वलाई थारु जातिले नयाँ बर्षकाे रुपमा मनाउँदै आएको र थारु जतिको मुख्य पर्व माघी रहेको जिकिर गरिन् । थारु जतिले आफ्नो पहिचान बोकेको महान पर्व माघीलाई विशेष स्थान अनुसार माघ, माघी, माघे संक्रान्ति, माघी दिवानी, खिचडी भन्ने प्रचलन रहेको उल्लेख गरिन् । 

यस पर्वमा मघौता गीत झुमरा, झररा, सजनी बिरहनी, मयुर लगायत विभिन्न नाचहरु नाच्ने पर्व रहेको र आफू भन्दा ठूलालाई ढोगभेट गर्ने माघीका लागि बनाइएको मिठाे परिकार खाने प्रचलन रहिआएको समेत उनले बताइन् । थारु समुदायमा गाउँ भरिका व्यक्तिहरु भेला गराइ नेतृत्वकर्ता बरघर (भलभान्सा/महतौवा) लाई चयन गरि सम्मान गरिने र विजयनगर गाउँपालिका भित्र रहेको प्रत्येक थारु गाउँमा बरघरहरु रहेका बताउँदै उनीहरुकाे नेतृत्वले गर्दा गाउँ समुदाय अगाडि बढेको उपाध्यक्ष चाैधरीले जनाइन् ।

Comment As:

Comment (0)