No icon

बुद्धभूमिमा शरिरीक रुपमा असक्त व्यक्तिहरुलाई ह्लिचियर तथा ट्राईसाईकल वितरण !

 ९ चैत्र, कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा दृष्टि बिहिनहरुका लागि सेतो छडी, शारिरीक अपांगता भएका व्यक्तिहरुलाई ह्लिचियर तथा ट्राईसाईकल वितरण गरिएको छ । कपिलवस्तु नेत्र हिन संघको आयोजना तथा बुद्धभूमि नगरपालिकाको सहयोगमा फरक क्षमता भएका व्यक्तिहरुका लागि निःशुल्क रुपमा सहायता सामग्री प्रदान गरिएको हो । कार्यक्रममा मेयर केशव कुमार श्रेष्ठ, वडा नम्बर ४ का वडाध्यक्ष पवन कुमार चौधरीले शारीरिक अपांगतत भएका १० जनालाई ह्लिचियर, ५ जनालाई ट्राईसाईकल र २५ जनालाई सेतो छडी हस्तान्त्रण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले फरक क्षमता भएका व्यक्तिहरुका लागि गरिएको यो कार्य उदाहरणिय रहेको बताए । उनले सबैलाई समेट्दै नगरपालिकाले बजेट विनियोजन गर्ने बताए । राज्यले दिने सेवा सुविधा, समाजमा के भईरहेको छ सबै क्रियाकलापहरुको बारेमा फरक क्षमता भएका व्यक्तिहरु जानकार हुनुपर्ने आवश्यकता औल्याए । कपिलवस्तु नेत्र हिन संघका अध्यक्ष गोपाल प्रसाद भुसालको अध्यक्षता, रोमलाल खनालको संचालनमा भएको कार्यक्रममा मेयर श्रेष्ठ, वडा अध्यक्ष चौधरी, अपांगता पुर्नसथापना केन्द्रका सुगम भट्टराई, बल बहादुर सेन, गीता अर्याल लगायले मन्तब्य दिएका थिए ।

Comment As:

Comment (0)