No icon

कपिलवस्तु नगरपालिकामा थारु कल्याणकारिणी नगर कार्य समिति गठन

८ चैत्र, कपिलबस्तु । कपिलवस्तु न.पा.मा थारु कल्याणकारिणी सभाको नगर कार्य समिति गठन भएको छ । थारु कल्यणकारिणी जिल्ला अध्यक्ष उमाशंकर चौधरीको अध्यक्षता, केन्द्रीय सदस्य द्वय जन्जीर प्रसाद थारु र  सुमित्रा थारुको विशेष उपस्थितीमा शनिबार एक भेलाले कपिलबस्तु नगर कार्य समिति गठन भएको हो ।  भेलाले  राममिलन थारुको सभापतिमा १३ सदस्यीय नगर कार्य समिति चयन गरेको छ । जसको उप सभापतिमा पुष्पा थारु, खोजु थारु र सुनारी थारु रहनुभएको छ ।  भने सचिवमा अर्जुन थारु, कोषाध्यक्षमा तौलेश्वर थारु, सह–सचिवमा केशवराज थारु, सदस्यहरुमा रामप्रसाद थारु, कृष्ण औतार थारु, नोखई थारु, महादेव थारु, वृजभार थारु र ठागे थारु सर्वसम्मतबाट चयन हुनु भएको छ। 

Comment As:

Comment (0)