No icon

समाजसेवी  खनाल द्वारा निर्मित शित्तल पार्टी एवः खानेपानी धाराको उद्घाटन

२४ मंसिर, कपिलबस्तु । कपिलवस्तु जिल्लाको मध्यभागमा पर्ने बुद्धभूमि नगरपालिका वडा नं. ४,हनुमानचोक बजार स्थित शित्तल पार्टी एवः खानेपानी धाराको समुद्घाटन बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले गर्नु भएको छ । वरिष्ठ समाजसेवी रोमलाल खनालको पुज्जनीय पिता स्व. ईश्वरी प्रसाद खनाल एव. माता निमी खनालको स्मृतिमा छोरा बुहारी द्धारा निर्माण गरिएको शितल पार्टी एव. खानेपानी धारालाई यस नगरले एक विकासमा थप ईट्टा थपेको र यस्ता विकास प्रेमीहरुलाई सम्मान गर्दै अगाडी बढने वताउनु भएको छ । सो विशाल भव्य कार्यक्रममा नेपाल सरकारका अभिन्नअंगहरु का प्रतिनिधि समलग्नता थियो ।

सो कार्यक्रममा बुद्धभूमि न.पा.वाड नं. ४ वडाध्यक्ष श्री पवन कुमार थारु ले यस वडामा एक नमुना काम गरि उदाहरण पेश गरेको हुनाले उहालाई स–धन्यवाद समेत प्रदान गर्नु भएको थियो सो कार्यक्रममा वडा सदस्य लोक प्रसाद खनाल ईलाका प्रहरी कार्यलय गोरुसिङ्गे वाट प्रतिनिधि तिलक प्रसाद शर्मा र माया चौधरी ,नेपाली कांग्रोस बुद्धभूमि न.पा. वडा नं. ४ का वडा सचिव श्री चन्द्र जि.एम., श्री झडुलामाई आध्यात्मिक प्रतिष्ठान का उपाध्यक्ष श्री वसन्त प्रसाद भट्टाराई सचिव शिव कुमारी थारु, प्रतिष्ठान सदस्य रुपा पाण्डे, प्रदीप व.  खडका, जानकी पाध्या श्री झडुलामाई धार्मिक प्रतिष्ठानका पुजारी कुलबहादुर खड्का तथा अल्पकालीन पुजारी शिर प्रसाद भट्टराई नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) का कपिलवस्तु जिल्ला अध्यक्ष गोपाल सापकोटा वरिष्ठ समाजसेवी श्री देविराम खनाल,वेदुराम भट्टराई,टंक आचार्य,रमेश के.सी.,सावित्रा कुवंर लगायतको उपस्थिति थियो ।

Comment As:

Comment (0)