No icon

लैंगिक हिंसाविरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न !

राम अवतार चाैधरी १८, मंसिर कपिलवस्तु । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा बिहीबार शिवराज नगरपालिकाको वडा नम्बर ४ मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा-४ का वडा अध्यक्ष सफिक अहमद मुसलमानले पछिल्लो समय समाजमा लुकेका महिला हिंसा र बलात्कारका घटनाहरु बाहिर आउने गरेको र अभियानले गर्दा नै मानिसहरु जागरुक भएका मुसलमानले बताए । यस्ता जनचेतनामूलक कार्यक्रमले गर्दा समाज प्रभावकारी बन्न सकेको उनले जिकिर गरे । अरु भन्दा पनि अन्य समुदायको तुलनामा अवधि समुदाय पछि परेकाे भए त पनि केही हद सम्म समाज परिमार्जन भएकाे अध्यक्ष मुसलमानले दावी गरे । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिका वडा न ४ का वडा सदस्य कृष्ण बहादुर के.सी.ले समाजलाई कसरी अगाडि बढाउने भन्ने जिम्मा त्यो समाजका अगुवाहरुको हातमा हुने र त्यहि अनुसार नै समाज परिवर्तन हुने बताए । लैंगिक हिंसा अन्त्यको प्रतिबद्धताःव्यक्ति,समाज र सबैको ऐक्यवद्धता” भन्ने राष्ट्रिय नाराका साथ मंसिर १० गतेबाट सुरुभएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत शिवराज नगरपालिका अन्तर्गत वडा नम्बर १,२ र ३ मा अन्तरक्रिया तथा छलफल कार्यक्रम गरि सकेकाे दियालो नेपाल कपिलवस्तुले जनाएकाे छ । शिवराज नगरपालिकाको सहयोग र दियालो नेपालको आयोजनामा भएको कार्यक्रममा दियालो नेपालका अध्यक्ष तारा थापाको अध्यक्षता, वडा अध्यक्ष सफिक अहमद मुसलमानको प्रमुख आतिथ्यता, शिवराज नगरपालिका वडा न ३ का वडा कृष्ण बहादुर के.सी, विशिष्ट आतिथ्यता, वडा सचिब, शिवराज नगरपालिका कार्यपालिका सदस्य, विभिन्न सघं सस्था प्रमुख तथा प्रतिनिधि, स्वम सेविका, लगायतका स्वास्थ्य कर्मचारी गरि २६ भन्दा बढि महिलाहरुकाे सहभागिता र पम्फा सापकोटाकाे सञ्चालन कार्यक्रम सम्पन्न भएकाे थियो ।

Comment As:

Comment (0)