No icon

मनोबल बढाउन नगर प्रमुख मंगल प्रसाद थारु संक्रमितको घरघरमा 

३१ भदौ, कपिलबस्तु ।  बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु कोरोना (कोविड–१९) संक्रमित भएका विरामी र तीनका परिवारलाई भेट्न घरघरमा पुग्नुभएको छ ।
 कोरोना संक्रमण पुष्टि भएर उपचार पछि घर फर्केका र होमआइसोलेसनमा बसेका संक्रमितको आत्मबल बढाउन बाणगंगा नगर प्रमुख सहितको टोली  आयुर्वेदिक औषधि बोकेर विरामीको घरघरमा नै पुग्नुभएको हो । संक्रमित विरामीको मनोबल बढाउन घरदैलो अभियानमा स्वास्थ्य सावधानीका उपायको जानकारी, स्वास्थ्य लाभको पत्र र वैकल्पिक उपचार पद्धतिका लागि आयुर्वेदिक औषधी वितरण  गरेको नगर प्रमुख मंगल प्रसाद थारुले जानकारी दिनुभयो ।

  बाणगंगा नगरपालिकामा नगर प्रमुखको नेतृत्वमा भएको घरदैलो कार्यक्रममा पहिलो चरणमा बाणगंगा वडा १ को ७ वटा घरधुरीमा पुगेर संक्रमित भेटेर स्वास्थ्य लाभको कामना गरिएको थियो । भने दोस्रो चरण संक्रमितलाई अत्मबल बढाउन घरदैलो अभियानमा ५ वटा घरमा पुगेको र दुई घरमा कोरोना निको भएपछि घर फर्किएकोलाई बधाई तथा स्वस्थ्य लाभको कामना गरेकोे मोतिपुर अयुर्वेद औषधलयका प्रमुख तेज बहादुर सोमैले जानकारी दिनुभयो । उहाँले मोतिपुर औषधलयको समन्वयमा नगर प्रमुखको नेतृत्वमा विरामीको घरघरमा घरदैलो कार्यक्रम लाई तिब्र बनाएको जानकारी दिनुभयो ।

घरदैलो अभियानमा विरामीहरुको मनोबल बढाउन गु्रजो, असोगगन्ध, जेठीमधु, चुण लगायतको अयुर्वेदिक औषधी र कोविड–१९ सम्बन्धी ब्रउजरहरु वितरण गरेको औषधलयका प्रमुख सोमैले बताउँनुभयो । नगर प्रमुख मंगल प्रसाद थारुको नेतृत्वमा भएको कोरोना संक्रमित विरामी घरदैलो अभियानमा कार्यक्रममा, बाणगंगा नगरपालिका वडा न. १ वडा अध्यक्ष गणेश बहादुर क्षेत्री, मोतिपुर अयुर्वेद औषधलयका प्रमुख तेज बहादुर सोमै लगायत, जनप्रतिनिधी, स्वास्थ्य कर्मीहरुको सहभागिता रहेको थियो ।

   

Comment As:

Comment (0)