No icon

बाणगंगामा फुड बैंक द्वारा बिपन्न परिवारलाई राहत वितरण 

३१ भदौं, कपिलबस्तु । ‘हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ’ भन्ने उद्देश्यले संक्रिया युवा कपिलबस्तुको आयोजनामा बुधबार बाणगंगा –८ बाणगंगा (पुलचोक) मा फुड बैंक संचालन गरिएको छ । 

विगत लामो समय देखि कोरोना महामारी फैलिरहेको अवस्थामा धेरै परिवार अहिले काम नपाएर भोकै बस्नुपरेको अबस्था छ । कोरोना भाइरसका कारण कपिलबस्तु जिल्ला उच्च जोखिममा छ । यस्तो विषम परिस्थितिमा दैनिक ज्याला  मजदूरी गरी खाने परिवारमा अहिले ठूलो संकट बेहोर्नुपरेको छ । यही विषम परिस्थितिलाई मध्यनजर गर्दै संक्रिया युवा कपिलबस्तुले पनि बाणगंगामा फुड बैंक संचालन गरेका हुन् । 


यस फुड बैंक स्थानिय युवा समाजसेवी दामोदर पोख्रेलको नेतृत्वमा फुड बैंक संचालन गरिएको थियो । यस फुड बैंक कार्यक्रममा चामल, दाल, सोयाबिन, नुन, तेल लगायत विभिन्न खाद्यन्न हरु वितरण गरिएको पोख्रेलले जानकारी दिनुभयो । फुड बैंकमा लगभग १ सय ५० जनालाई विपन्न परिवार राहत वितरण गरिएको थियो । 

Comment As:

Comment (0)