बाणगंगमा धन्वन्तरी जयन्तीको अवसरमा स्वस्थ्य परिक्षण 

No icon

कार्तिक २५ कपिलबस्तु । देवताहरुका चिकित्सक तथा आयुर्वेदका भगवान धन्वन्तरीको जन्मजयन्ती अवसरमा एक कार्यक्रमका बीच कपिलबस्तु जिल्लाको बाणगंगा ८ जलेश्वरमा स्वस्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । 
 आयुर्वेद चिकित्सा तथा पूर्वीय दर्शनका प्रर्वतक धन्वन्तरीको जन्मजयन्तीको अवसरमा शनिबार बाणगंगा नगरपालिका आयुर्वेद शाखा बाणगंगा कपिलबस्तुको आयोजनामा बाणगंगा ८ जलेश्वर मोतिपुर आयुर्वेद औषधालमा विशेष कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाउँनुको साथै स्वस्थ्य परिक्षण कार्यक्रमगरी धन्वन्तरी जयन्ती मनाएको मोतिपुर आयुर्वेद औषधालयका प्रमुख डा. तेज बहादुर सोमै मगरले जनकारी दिनुभयो । 


उक्त कार्यक्रममा सुगर, ब्लड प्रेसर, वि.एम.आई  ९८ जना व्यक्तिहरुको निशुल्क रुपमा परिक्षण गरेको डा. सोमै मगरले जनकारी दिनुभयो । 
त्यस्तै बाणगंगा नगरपालिका ८ का वडा सदस्य जुनादेवी थारुको अध्यक्षता तथा मोतिपुर आयुर्वेद औषधालयका प्रमुख डा. तेज बहादुर सोमै मगरको संचलन रहेको उक्त धन्वन्तरी जयन्ती कार्यक्रममा समाजसेवी, अगुवा, बुद्धिजिवी, जनप्रतिनिधी, आयुर्वेदका पदाधिकारी लगायत ७५ जना वढीको सहभागिता रहेको थियो ।


 भने कार्यक्रममा प्रमुख अतिथि बाणगंगा नगरपालिकाप्रमुख चक्रपाणी अर्यालले मोतिपुर आयुर्वेद कपिलबस्तु जिल्लाकै नमुना आयुर्वेद रहेको बताउँनुभयो । 
उहाँले यस मोतिपुर आयुर्वेदबाट धेरै मनिसहरु लभन्वित भएको बताउँदै यसलाई अझ व्यवस्थित गर्दै लौजनुपर्ने जिकिर समेत गर्नुभयो । उहाँले अझै पनि हाम्रो देश औषधीजन्य जडिबुटीको धनी देश भएर पनि जडिबुटीको सही रुपमा सदुपयोग गर्न नसकिएको बताउँदै आयुर्वेदमा केन्द्रीत बजेट छुट्टउनु पर्ने र आयुर्वेदिक चिकित्सा पद्धतिलाई प्राथमिकताका साथ अघि लैजानुपर्ने बताउँनुभयो ।
 त्यस्तै कार्यक्रममा बाणगंगा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, अयुर्वेदिक चिकित्साक डा. दिपक पन्थी लगायतले बोल्दै अयुर्वेदिक चिकित्सा तथा आयुर्वेदिक औषधीको महत्वको बारेमा जनकारी दिनुभएको थियो । भने, स्वस्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय लुम्बिनी प्रदेशका प्रवक्ता डा. पुष्पराज पौडेलले आयुर्वेदिक चिकित्साको बारेमा सहजिकरण समेत गर्नुभएको थियो । 
 

Comment As:

Comment (0)