
३० असोज, कपिलबस्तु । श्री महेन्द्र माध्यमिक विद्यालय बाणगंगा नगरपालिका वडा ५ कोपवामा एक कार्यक्रमका बीच सोमबार मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका प्रधानाध्यपक तनुश्री भण्डारीको अध्यक्षता, शिक्षक बालकृष्ण बेलबासेको स्वागत र शिक्षक विमल आचार्यको संचालनमा भएको कार्यक्रममा प्रमुख अतिथि बाणगंगा नगरपालिका वडा ५ का वडा सदस्य ज्ञानु कार्की, प्राध्यापक चन्द्रकता शर्मा लगायते मनन्व्य दिनुभएको थियो । भने, मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल, लुम्बिनी प्रदेश कन्सल्ट्यान्टमा भएको उक्त कार्यक्रममा श्री महेन्द्र माध्यमिक विद्यालय कोपवा, श्री अन्नपूर्ण विद्यामन्दिर कोपवा, श्री ज्ञान ज्योति शिक्षा सदन कोपवा, श्री माध्यमिक विद्यालय झण्डाका ४० जना कर्मचारीको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा मानसिक स्वास्थ्यको बरेमा सचेतना गनर्’को साथै मानसिक समस्या, उपचार विधी, सल्लाह र परामर्श सम्बन्धी सचेतना मुलक कार्यक्रम गरेको आयोजकले जनाएको छ ।