‘श्रम कानुन परिपालन शसक्तिकरणमा सरोकारवालाहरुको भूमिका’ विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न

कमल चौधरी कपिलबस्तु १४, असोज । बुटवलमा प्रदेश स्तरिया एक दिवसीय श्रम कानुन परिपालन शसक्तकरणमा सरोकारवालहरुको भूमिका विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्र्तक्रिया कार्यक्रम ग्लोबल फेयरनेस ईनिसेटिभका राष्ट्रिय निर्देशक सुरेश पण्डितको अध्यक्षत, नेपाल गुडविभ सर्टिफिकेसन नेपालका कार्यकारी निर्देशक संझाना प्रधानको स्वागत र घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यकारी संयोजक दुर्गा आर्यालको संचालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा ग्लोबल फेयरनेस ईनिसियटिभका कार्यक्रम सहेक कार्यक्रम संयोजक तथा इन्जीनियार भास्कार कुमार अधिकारले बेटर व्रिक नेपालले सन् २०१३ देखि २०२२ सम्मा गर्दै आएको कार्यक्रमको बारेमा प्रस्तुति गर्नुभएको थियो । त्यस्तै श्रम तथा रोजगार कार्यलय, बुटवलका निमिक्त बरिष्ठ श्रम अधिकृत केशवराज शर्माले बार्तमन श्रम कानूनको बारेमा जनकारी गर्दै उद्योगीहरुले कानुनको परिपालना गर्नुपर्ने, रोजगार र श्रम प्रतिको भूमिका लगायत उद्योगीहरुले श्रम अडिटको विषयमा बुझ्नु पर्ने विषयमा प्रस्तुती गर्नुभएको थियो । सो अवसरमा श्रम तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेशका उप सचिव राजेन्द्र प्रसाद पन्थी, उद्योग व्यापार तथा आपूर्ति मन्त्रालयका उप–सचिव विजय कुमार कार्की, महिला तथा बालबालिलका तथा जेष्ठ नागरिक मन्त्रालयका शारदा वस्याल, शिक्षा मन्त्रलयका अधिकृत नारायण प्रसाद गौतम, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश लुम्बिनी प्रदेशका सल्लाहकार हरि प्रसाद अचार्य, उद्योग वाणिज्य परिसंघ लुम्बिनी प्रदेशका सिइयो मुकुण्ड गेवाली, कालिका स्वलाम्बन विकास केन्द्रका रामेन्द्र सिंह रावल लगायतले बोल्दै सबैले श्रम कानुन परिपालना गर्नुपर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रम बेटर ब्रिक नेपाल परियोजना अन्तर्गत घर घरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपाल, ग्लोबल फेयरनेश इनिसिएटिभ नेपाल र गुडविभ सर्टिफिकेसन नेपालको संयुक्त आयोजना एवं श्रम तथा रोजगार कार्यालय, बुटवलको समन्वयमा बुटवलको ड्रिम इन्टरनेशनल होटल सरोकारवाला संघ संस्था उद्योगी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।