
२९ वैशाख, कपिलबस्तु । कोभिडको त्रास एक तिर अर्को तिर समान्य विरामीहरुले समेत उपचार नपएर पछि आजभोली धेरै जना मनिसहरुको अकालमा ज्यान गुमाउन बाध्य छन् ।
अहिले कोभिड–१९ को कारण अस्पताल डुलाउँदा डुलाउदै निको हुने किसिमका सामान्य विरामीहरु समेत समयम उपचार नपाएर मृत्यु हुन पुगेका छन् । ब्लड प्रेशर र किडनीका ४२ बर्षिय विरामी नारायण रानाको अस्पातलले भर्ना नलिएपछि अस्पताल डुलाउँदा डुलाउँदै मंगलबार मृत्यु भएको छ । विरामी रानाको अस्पताल डुलाउँदा डुलाउँदै एम्बुलेन्समा नै मृत्यु भएको थियो । बाणगंगा नगरपालिका वडा ८ निवासी रानालाई उपचारका लागि कपिलबस्तु समुदायिक अस्पातलमा लागिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि समुदायिक अस्पातलले रिर्फर गरेपछि लुम्बिनी प्रदेशिक अस्पतालमा पु¥याइएको थियो । लुम्बिनी प्रदेशिक अस्पातलले वेड छैन । अक्सिजन छैन भनेपछि गौतमबुद्ध समुदायिक मुटु हस्पितालमा रिर्फर गरियोे । बुटवल गौतमब बुद्ध समुदायिक मुटु हस्पितालले हामीले भर्ना गर्दैनौं । मणिग्राम व्रिmमसन अस्पातलमा लैजान रिर्फर ग¥यो । मणिग्राम व्रिmमसन अस्पातलले समेत हामीका अक्सिजन छैन, आइसुलेसन छैन । भैरहवा मेडिकाल कलेज लैजान रिर्फर ग¥यो । त्यहाँ हामीलाई गेटबाट भित्र छिर्न समेत दिईएन ।
त्यहाँबाट हामी भिम अस्पताल विरामीलाई लग्यौं । भिम अस्पातलले कोभिड –१९ नभएको रिपोर्ट ल्याएपछि मात्र उपचार गर्ने भनी फर्काएपछि पुनः बुटवलको चौराह अस्पातल संग समन्वय गरेर बुटवलको चौराह अस्पताल नपु¥याउँदै बाटोमा विरामीको मृत्यु भएको एम्बुलेन चालक विष्णु भट्टराईले बताए । यसरी आजभोली दिनहुँ अस्पताल डुलाउँदा डुलाउँदै विरामीहरुको मृत्यु हुन थालेको एम्बुलेन चालकको भनाई रहेको छ ।