No icon

पत्रकार महासंघ रूपन्देहीको अध्यक्षमा रामराज निर्वाचित !

२६ चैत्र,  बुटवल ।  नेपाल पत्रकार महासंघ रुपन्देही शाखा अध्यक्षमा लोकतान्त्रिक प्यानलका रामराज पोखरेल विजयी भएका छन् । प्रगतिशिल प्यानलका उम्मेद्वार दिनेश पाण्डेलाई ४० मतान्तरले पराजित गरेका हुन् । बुधबार बुटवलमा भएको निर्वाचनको नतिजा अनुसार पोखरेलले एक सय ६३ र पाण्डेले एक सय २३ मत ल्याएका हुन् । त्यस्तै महिला उपाध्यक्षमा प्रगतिशिल प्यानलकी अमृता अनमोल  विजयी भएका छन् भने पुरुषतर्फ लोकतान्त्रिक प्यानलका विश्वास ढकाल विजयी भएका छन् । अनमोलले प्रतिद्वन्दी लोकतान्त्रिक प्यानलकी सञ्जु पौडेललाई एक मतले पराजित गरेकी हुन् भने पुरुष उपाध्यक्षमा विजयी ढकालले प्रतिद्वन्दी हेमबहादुर पछाई  ९४ मतान्तरले पराजित गरेका हुन् । त्यस्तै सचिवमा लोकतान्त्रिक प्यानलका विनोद परियार विजयी भएका छन् । उनले प्रगतिशिल प्यानलका लक्ष्मण पोखरेललाई हराएका हुन् । नतिजा अनुसार महासंघको रुपन्देही शाखाको नतिजा लोकतान्त्रिक प्यानलको पोल्टामा पुगेको छ । महिला उपाध्यक्ष अनमोल र सदस्यमा विजयी प्रकाश आचार्य बाहेक अन्य सबै पदमा लोकतान्त्रिक प्यानलका उम्मेद्वार विजयी भएका हुन् ।

Comment As:

Comment (0)