No icon

वडा अध्यक्ष बालकुमारी पन्त द्वारा विद्यालय भवन शिलन्यास !

८ चैत्र, कपिलबस्तु । सिद्धार्थ मा.वि. वुङ्ची दरखास्तको प्रङ्गडमा एक कार्यक्रमका बीच आईताबार बाणगंगा नगरपालिका वडा नं. १ वडा अध्यक्ष तथा भवन निर्माण अनुगमन समितिका संयोजक वालकुमारी  पन्तले स्कुल भवनको शिलन्यास गर्नु भएको छ । उक्त शिलन्यास कार्यक्रममा वडा सदस्य सिता थापा,  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर राना, भवन निर्माण समतिका  अध्यक्ष खुम  बहादुर मल्ल, भवन निर्माण समितिका सचिव लक्ष्मिबहादुर खत्री, पूर्व विद्यायल व्यवस्थापन समितिका अध्यक्ष तथा भवन निमार्ण अनुगमन समितिका सदस्य शिव बहादुर मल्ला, टोल विकास संस्थाका अध्यक्ष ठग बहादुर मल्ल,  विद्यालयका प्रधानाध्यापक अनिरुद्र पौडल, शिक्षक चन्द्रकन्त पोख्रेल लगायतकोे उपस्थिती रहेको थियो । 

चालु आर्थिक वर्ष २०७७ - ०७८ को नगर कार्यपालिकावाट स्विकृत वार्षिक योजना तथा कार्यक्रम अन्र्तगत भौतिक पूर्वधार विकास समितिको तर्फवाट विनियोजित वजेट मार्फत स्थानिय निर्माण उपभोक्ता समिति वाट निर्माण हुन लागेको चार कोठे भवन आगामी आषाढ २० सम्म लागत अनुमानमा उल्लेखित कार्य सम्पन्न गरि जाँचपास तथा फर फारक गर्नेे कार्य सम्पन्न गरिनेछ । कुल ४३ लाख ३४ हजार २ सय ११ रुपैयाँ ८३ पैसा प्रविधिक शाखा वाट अनुमान गरिएको वजेट मध्ये ३६ लाख नगरपालिका वाट कन्टेन्जेन्सी तथा आयकर कट्टि भई प्राप्तहुनेछ भने वाँकी रकम ७ लाख ३४ हजार २ सय ११ रुपैयाँ ३४ पैसा स्थानिय उपभोक्ता समितिवाट लागत सहभागिता हुने गरि निर्माण सम्पन्न गरिने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादर रानाले जनकारी दिनुभयो । 

Comment As:

Comment (0)