No icon

यसरी मनाईयो, ईट्टा उद्योगमा १११ औं अन्तराष्ट्रिय नारी दिवस  !

२४ फागुन, कपिलबस्तु । घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालको आयोजनामा एक कार्यक्रमका बीच सोमबार ईट्टा उद्योगमा १११ औं अन्र्तराष्ट्रिय नारी दिवस अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।  “महिला सुरक्ष, सम्मान र रोजगार, संमृद्धि देशको आधार” भन्ने मुल नारा सहित नारी दिवसको अवसरमा सेभेन स्टार ईट्टा उद्योगमा काम गर्ने महिला श्रमिक संग अन्र्तक्रिय कार्यक्रम गर्दै अन्र्तराष्ट्रिय नारी दिवस मनाईएको हो । 


कार्यक्रममा सेभेन स्टार ईट्टा उद्योगका संचालक कृष्ण पोख्रेल, घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कम्पलयन्स अधिकृत रोमलाल घिमिरे, संस्थाका फिल्ड अधिकृत कमल चौधरी, संस्थाका प्रतिनिधी दिबास घिमिरे, समाजिक परिचालक लक्ष्मि क्षेत्री, समाजिक परिचालक दिपा के.सी लगायतले बोल्दै महिलाहरुले आफ्नो हक अधिकार र पहिचानको लागि एक जुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँहरुले महिला हिंस उत्पीडन विरुद्ध एकता आवश्यक रहेको भन्दै समाजिक परिवर्तनको लागि महिलाहरु अगाडी वढ्नुपर्नेमा जोड दिनुभयो ।

 सोही अवसरमा बेटर व्रिक नेपाल परियोजना अन्र्तगत सेभेन स्टार ईट्टा उद्योगमा काम गर्ने उद्योग प्रतिनिधी र श्रमिकहरुलाई अभिमुखीकरण कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा बेटर व्रिक नेपालको ५ वटा मापदण्डहरु बारेमा संस्थाका कम्पलायन्स अधिकृत रोमलाल खनालले बाल श्रम, बाधाश्रम, ज्याला तथा कार्यघण्टा, कार्यस्थाल स्वस्थ्य तथा सुरक्षा एवं अमानविय व्यवहार अन्त्यका लागि सहजिकरण गरिएको थियो ।
अन्र्तक्रिया कार्यक्रममा बेटर व्रिक नेपाल परियोजना संचालन भएका उद्योगका प्ररम्भिक बालविकासका शिक्षाक, समाजिक परिचालक र  उद्यागेका कर्मचारी गरी ९३ जनाको सहभागीता रहेको थियो, भने कार्यक्रममा सेभेन स्टार ईट्टा उद्योगा व्यवस्थापक मनोज चौधरी, संस्थाका समाजिक परिचालक बालकृष्ण पोख्रेल, पुनम चौधरी लगायतको उपस्थिति रहेको थियो । 
 

Comment As:

Comment (0)