No icon

राष्ट्रिय एकता दिवसको अवसरमा स्वतन्त्र नागरिक समूह बाणगंगाले ग¥यो चियापान समारोह 

२७ पौष, कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा–८ जलेश्वर मन्दिरमा एक कार्यक्रमका बीच सोमबार २९९ औँ राष्ट्रिय एकता दिवस आयोजना गरी भव्यतापूर्वक मनाइएको छ । स्वतन्त्र नागरिक समूह बाणगंगा वडा ८ कपिलबस्तुले उक्त राष्ट्रिय एकता  दिवसको अवसरमा चियापान समारोह सम्पन्न गरेको हो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधी, समाजसेवी अगुवा, बुद्धिजिवी, विभिन्न संघसंस्थाका प्रतिनिधी र स्थानियहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।


 साथै कार्यक्रममा बक्ताहरुले पृथ्वी नारायण शाहले टुक्र–टुक्र अवस्थमा रहेको राज्यलाई एकीकरण गरी सिङ्गो नेपालको निर्माण गरेकाले उहाँको योगदानलाई आफूहरुले कहिल्यै भुल्न नहुनेमा जोड दिए । उहाँहरुले राष्ट्रिय एकता दिवसको समारोहमा राष्ट्रनिर्माता वडामहाराजधिराज पृथ्वी नारायण शाहको जतिनै चर्चा गरेपनि अधुरो हुन्छ, भन्दै गणतन्त्रबादी नेताहरुले पृथ्वी नरायण शाहलाई भुलिसकेको अरोप समेत लगाउँनुभयो । पृथ्वी नारायाण शाहाले साम्राज्यवादी शक्तिलाई समेत पराजित गरेर नेपाल र नेपालीको अस्तित्व बचाउँनुभयो । नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहा राष्ट्रप्रतिको योगदान सदा स्मरणीय छ । हामीले सधै सम्मान गर्नुपर्छ, हामीले हाम्रो संस्कार र संस्कृति विर्षेका छौं । हाम्रो इतिहास हाम्रो संस्कृति र पहिचान कहिल्यै भुल्न नहुनेमा  जोड समेत दिनुभयो।


साथै चियपान कार्यक्रममा दुई समूह बनाएर राष्ट्रिय एकता दिवसमा पृथ्वीनारायण शाहाको योगदान र स्वतन्त्र नागरिकले गर्नुपर्ने काम र कार्तव्यको बारेमा प्यानल सहितको बहश गरिएको थियो । जसमा पहिलो समुहमा समाजसेवी एवं बुद्धिजिवीहरु राम प्रसाद पौडेल, कृष्ण अर्याल,  मधु अर्याल रहनुभएको थियो । भने पहिलो समुहको संयोजकमा समाजसेवी एवं युवा नेता शक्ति सिंह ठकुरी गर्नुभएको थियो । त्यस्तै दोस्रो समुहको बहशमा समाजसेवी एंव बुद्धिजिवीहरु राजु खाँड, टोप नारायण भण्डारी, जगन्नाथ भण्डारी रहनुभएको थियो । जसको संयोजकमा समाजसेवी एंव राजनीतिज्ञ प्रेम नारायण पौडेल रहनु भएको थियो । भने प्यानल बहस कार्यक्रमको सहजिकरण भने स्वतन्त्र नागरिक समुहका प्रतिनिधी एवं समाजिक अभियन्त दुर्गा प्रसाद अर्यालले गर्नुभएको थियो । उक्त कार्यक्रमको  समापन भने स्वतन्त्र नागरिक समाज बाणगंगा–८ का राष्ट्रिय एकता दिवस चियापान समारोहका संयोजक  दिवास घिमिरेले गर्नुभएको थियो । 

Comment As:

Comment (0)