No icon

विद्यालयमा शिक्षाको अवस्थाबारे अनुगमन

राम अवतार चौधरी २३ पुस, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका अन्र्तगत स्थापना गरिएको टोल विकास संस्थाहरुले गरेको कार्य अनुगमन गरिएको छ । किर्डाक नेपाल तथा स्ट्रोम फाउण्डेशनले टोल विकास संस्था मार्फत विद्यालयलाई गरेको आर्थिक सहयोगले जिल्लाको शिवराज नगरपालिका–१, मा रहेको २ वटा विद्यालयको शिक्षा लगायतको अवस्थाबारे अनुगमन गरिएको हो । सरस्वती आधारभुत र ज्ञानज्योति आधारभुत विद्यालयमा अनुगमन कार्य सम्पन्न भएको स्ट्रोम फाउण्डेशनकी सामुदायिक सहजकर्ता इन्दु थारुले जानकारी दिइन् । शिक्षाको गुणस्तर, विद्यालयको वातावरण, शौचालय, विद्यार्थी संख्य, शिक्षकको अवस्था लगायत अन्य व्यवस्थापन के कस्तो छ । 

साथै आफूहरुले गरेको लगानी सदुपयोग भयो भएन भनी अनुगमन गरिएको उनले जनाईन् । विद्यार्थीहरुको भविष्यप्रति अभिभावक लगायत सामजिक अगुवाहरुले सोँच्न जरुरी रहेका सहजकर्ता थारुले बताईन् । दुई वटा विद्यालय अनुगमन गर्दा गतबर्ष २ जना विद्यार्थी अध्ययन छाडेका शिवपुर टोल विकास संस्थाका अध्यक्ष अमर बुढा मगरले बताए । विद्यालय अनुगमन गर्दा नजर अन्दाज गरिएका समस्याहरुको समाधान गर्दै जाने साथै समाजमा दिनप्रतिदिन मौलाउँदै गएको विकृति, विसंगतिलाई न्युनिकरण गर्ने उद्देश्य रहको उनले जनाए । अगामी समयमा विद्यालय लगायत टोलका शिक्षा लगायत विकासका हरेक क्षेत्रलाई निरन्तरुपमा अगाडी बढाउने बताउँदै सरसफाई एवम् आर्थिक रुपमा आत्मानिर्भर बनाउने योजना समेत रहेको अध्यक्ष मगरले जानकारी दिए । उक्त अनुगमन कार्यक्रममा शिवपुर टोल विकास संस्थाका अध्यक्ष अमर बुढा मगर, किर्डाक नेपाल तथा स्ट्रोम फाउण्डेशनकी सामुदायिक सहजकर्ता इन्दु थारु, छन्द बहादुर जिसी, पुष्पाराज अधिकारी, सञ्चारकर्मी, विद्यालय प्रधानाध्यापक र व्यवस्थापन समितीका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

Comment As:

Comment (0)