No icon

कपिलवस्तुमा थप एक जना  कोरोना संक्रमितको मृत्यु

२५ भदौ, बुटवल । कपिलवस्तु जिल्लामा थप  एकजना कोरोना संक्रमितको  मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–६ बेलासपुरका २९ वर्षका युवकको त्रिवि शिक्षण अस्पताल काठमाडौंमा बिहीबार मृत्यु भएको हो । भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए । मिर्गौलाको डायलासिस गराउंदै आएका उनमा उच्च रक्तचापको पनि समस्या रहेको थापाले बताए । योसंगै कपिलवस्तुमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६ पुगेको छ ।

Comment As:

Comment (0)