No icon

भारतबाट पाँच बर्ष पछि कपिलवस्तुकी एक महिलाको उद्धार

राम अवतार चौधरी १२ भदौ, कपिलवस्तु। कपिलवस्तुकी २५ वर्षीय एक महिलालाई भारतबाट पाँच वर्ष पछि उद्धार गरिएको छ । भारतको पंजावबाट शान्ति पूर्ण: स्थापना गृहको समन्वयन र कृष्णनगर प्रहरीको सहयोगमा भदौ १ गते नेपाल ल्याइएकाे शान्ति पूर्ण : स्थापना कार्यालय कृण्णनगरले जनाएकाे छ । २०७२ सालमा एक महिलले व्युटीपार्लरमा जागिर लगाइदिने प्रलोभन देखाई भारत लगेको बुझिएको छ । सानै उमेरमा विवाह र श्रीमानको दुव्र्यवहार सहन नसकि भारत जाने निर्णय गरेकी महिलाको उद्धार गरिएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक भुमीराज भट्टराईले जानकारी दिए । भारतमा रहेको देशभक्त आवाज नामक एक सस्थाको सहयोगमा उद्धार गर्न सफल भएको क्षेत्रीय संयोजक भट्टराईले बताए । उद्धार गरिएकी महिलालाई अहिले सुरक्षित आवास गृहमा राखिएको र परिवारको जिम्मा लगाउने तयारी भइरहेको उनले बताए ।

कपिलवस्तुको गोरुसिङ्गे सम्म भारतिय नम्बर भएको गाडि लिएर सतिस उनका साथी नाम नखुलेकाे दुई पुरुष लिन आएको र भैरहवा सुनवलको क्षेत्रवाट नलगेर भित्रि बाटोबाट बनारसमा लगेका पिडित महिलाले बताएकी छिन् । भारतको बनारसमा २ महिना सम्म बन्धक बनाइ पंजाब र बिहार लगायतका स्थानमा डान्स बारमा नाच्न लगाउने ननाचे खान नदिने तथा पिट्ने गरेको उनले बताईन् । केहि समय पछि भारतको पटियाला लगेर त्यहाँको एक होटलमा न नाच्ने शारीरिक यातना दिने गरेको उनले बताइन् । पिडित महिलाले २ जना महिला र ३ जना पुरुष विरुद्ध ईलाका प्रहरी कार्यालय कृष्णनगरमा जाहेरी दर्ता पिडितले गराएकी छिन् । घटना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले बताए ।

Comment As:

Comment (0)