No icon

कोरोनाको कारण रुपन्देहीमा थप एक जनाको मृत्यु

१२ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट रुपन्देहीमा एकजनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-४ का ६० वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भदौ ७ मा कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । भेल्टिलेटरमा उपचाररत उनको विहान २ः३० बजे निधन भएको अस्पतालले जनाएको छ ।

Comment As:

Comment (0)