No icon

पश्चिम नवलपरासीमा थप चार दिन निषेधाज्ञा !

रेनुका चौधरी  ६ भदौ, परासी । जिल्लामा कोरोना भाईरसको संक्रमण बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले पुनः चार दिनसम्म निषेधाज्ञा थप गरेको छ । समुदायस्तरमा संक्रमणको अवस्थालाई न्युनिकरण गर्न निषेधाज्ञाको निरन्तरता आवश्यक महसुस भएकाले आज राती १२ बजेदेखी भदौ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरीएको प्रमुख जिल्ला अधिकारी सागर मणि पाठकले जानकारी दिनुभयो । यसअघि साउन ३१ देखि भदौ ६ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णरुपमा पालना गर्न÷गराउन आग्रह गर्दै जारी निषेधाज्ञामा बिरामी तथा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध समेत गरीएको छ ।

घर बाहिर निस्किनै परे अनिवार्य रुपमा मास्क, सामाजिक दुरी कायम गर्न र सचेत रहन पनि जारी सुचनामार्फत आग्रह गरीएको प्रमुख जिल्ला अधिकारी पाठकले बताउनुभयो । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले थप गरेको निषेधाज्ञामा सर्वसाधारणको उपस्थितिमा दिइने सरकारी सेवा बन्द गरिएको छ । बैंक तथा वित्तिय संस्थाहरुले भने अति आवश्यक भएका व्यक्तिहरुलाई सेवा दिनका लागि सम्पर्क व्यक्ति तोकेर काम गर्न सक्ने व्यवस्था मिलाइएको छ । पश्चिम नवलपरासीमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको स्वास्थ्यविज्ञहरुको भनाई छ । जिल्लामा हाल सम्म १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु समेत भईसकेको छ ।

तर अझै पनि खुल्ला सिमानाका कारण भारतबाट हुने आवातजवातका कारण जोखिम बढेको छ भने  भने स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पुर्ण पालना नर्गदा संक्रमणले अझै भयाभह रुप लिन सक्ने खतरा पनि देखिएकाले सर्तकता अपनाउन विज्ञहरुको सुझाव  छ ।

Comment As:

Comment (0)