No icon

तिलोत्तमामा निर्माणाधीन खानेपानी आयोजनाको पाइपमा आगलागी

यमुना चौधरी १० माघ, रुपन्देही । तिलोत्तमामा निर्माणाधीन शंकरनगर खानेपानी आयोजनाको पाइपमा आगलागी भएको छ । तिलोत्तमा ४ डिङ्गरनगरमा रहेको  संघीय संस्था खानेपानी सन्चालनमा रहेको नयाँ खानेपानी संस्था सन्चालन नहुदै  शनिबार  भिषण आगालागि भएको छ । बिहान करिव १० बजे तिर आगालागी भएको थियो । शनिबार नेपाल बन्दका कारणले संस्थामा कुनै पनि कर्मचारी नभएको स्थानियले जानकारी गरेका छन् ।   खानेपानी सस्था सन्चालन हुन नपाउदै ठुलो क्षति भएको छ ।  खानेपानी सपलाई गर्नका लागि पाईपलाईनहरु बिछाईरको थियो। स्थानीयले आगालागी भएको देखेपछि प्रहरी प्रशासन, बारु यन्त्र विभाग, कर्मचारीहरु लाई खबर गरेका थिए । त्यहाँ आगलागी किन, के करणले र कसरी भयो  कसैलाई जानकारी  हुनसकेको छैन, खोजी कार्य हुँदै छ । स्थानीयले भन्छन्– “त्यहाँ पाईपलाईन मा लुकि लुकि गाजा खान आउने चुरोटको ठुठा फालेर आगालागी भको अशंका गरिएको छ ।”   स्थानीयका अनुसार आगलागीबाट १ करोड मूल्यको पाइप जलेर नष्ट भएको छ ।

Comment As:

Comment (0)