No icon

दिपाको घाँटी थिचेर हत्या गरेको अभियोगमा अतिउल्ला पक्राउ

१६ पौष, कपिलबस्तु । कपिलवस्तुमा बालिकालाई हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । शिवराज नगरपालिका वडा ३ मदवा घर भएकी १६ वर्षिय दिपा रोकाको हत्या गरेको अरोपमा शिवराज नगरपालिका ४ बस्ने २० वर्षिय अतिउल्ला बढाईलाई प्रकाउ गरि विहिवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । खोलामा माछा मार्न गएका बढईले बालिकालाई जिस्काउँदा बालिकाले प्रतिवादगरेकोले वालिकाको घाँटी थिचेर हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनुभयो ।  घटनास्थलमा वढईको पर्स भेटिएको र वालिकाको मोवाईल युवक सँग फेला परेकोले थप अनुसन्धान भइरहेको अधिकारीले बताउनुभयो । गत पुस ११ गते बाट सम्पर्क बिहिन भएकी रोकाको शव दुइ दिन पछि जवाई खेलामा फेला परेको थियो ।

Comment As:

Comment (0)