No icon

आज रुपन्देहीमा कोरोनाको कारण एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ८१ पुग्यो

१६ कात्तिक, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-१७ का ५२ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो । कार्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका पुरुषको आइतबार दिउँसो २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए । यो संगै रुपन्देहीमा कोरोनाको कारण थप एक जनाको मृत्यु संगै मृत्यु हुनेको संख्या ८१ पुगेको छ ।  जिल्लाका ७८ जना लक्षणसहितका संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् । कूल ६ हजार १ सय ८८ जना संक्रमित रहेका रुपन्देहीमा ४ हजार ६ सय १६ जना निको भएका छन् भने १४ सय ९२ जना होम आइसोलेसनमा रहेका छन् । प्रदेशमा कोरोना संक्रमितको औसत मृत्यु दर ०.९३ प्रतिशत रहेकामा रुपन्देहीमा भने १.२८ प्रतिशत छ ।

Comment As:

Comment (0)