No icon

रुपन्देहीमा दिनहुँ कोरोना संक्रमितहरुको मुत्यु हुँदै, मृत्यु हुनेको संख्या  ५३ पुग्यो

६ कात्तिक, बुटवल । रुपन्देहीमा आजभोली दिनहुँ कोरोना संक्रमितको मृत्यु हुँदै गएको छ । रुपन्देहीमा थप गएराति एक जनाको मृत्यु भएको छ ।  रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष  कोरोना विशेष अस्थायी अस्पतालमा गएराति मृत्यु भएको हो ।यो संगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ५३ पुगेको छ । त्यस्तै अर्घाखाँचीमा एक जना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएकोे अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए । यस्तै असोज २२ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका अर्घाखाँचीका पुरुषको बुधबार राति साढे ९ बजे मृत्यु भएको डा. गौतमले बताए ।
 

Comment As:

Comment (0)