
१ भदाै पोखरा । समुदायमा कोरोना सङ्क्रमित भेटिन थालेपछि पोखरामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको छ । पोखरा महानगरपालिकाको कोरोना सङ्क्रमण रोकथाम मूल समितिको सोमबार बिहान बसेको बैठकले सोमबार बिहान सर्वदलीय बैठकपछि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय भएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिनुभयो । सोमबार राति १२ बजेबाट सुरु हुने निषेधाज्ञा भदौ ८ गते रातिसम्म जारी रहने समिति सदस्य शोभामोहन पौडेलले जानकारी दिनुभयो । स्थिति मध्यनजर गरेर बन्दाबन्दी थप्ने/नथप्ने भन्ने निर्णय गरिने बताउनुभयो । चाडपर्व नजिक आएकोले जोखिम बढने सम्भावनालाइ मध्यनजर गरी बैठकमा भएको निर्णय सिसिएमसीमा सिफारिस गरेको सदस्य पौडेलले जानकारी दिनुभयो । निषेधाज्ञाको अवधिमा खाद्यान्न र औषधि पसलबाहेक अरु सबै पसल बन्द रहने घर बाहिर निस्कन पाइने छैन । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् । मूल समितिमा छलफल गर्नुअघि आइतबार राजनीतिक दलसँग महानगरपालिकाले छलफल गरेको थियो । उक्त बैठकमा सहभागीले सङ्क्रमण तीव्र फैलिरहेकाले एक हप्ता कडा निषेधाज्ञा गर्न सुझाव दिएका थिए ।