
३२ साउन, वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पत्रकार सहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ३७ जना पुरूष र १० जना महिला रहेका छन् । संक्रमित हुनेमा ८ वर्षको बालक देखि ७० वर्षकी बृद्घ महिला रहेका छन् । नारायणी अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए शनिबार राती प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका २ जना र पर्सा जिल्लाका ४५ जना सहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगन्ज महानगरपालिकास्थित रहेको नारायणी अस्पतालमा कार्यरत विभिन्न वार्डका ७ जना कर्मचारी रहेका छन् । एभिन्युज टिभीका १ जना पर्सा सम्वाददाता, प्राइम फर्माका ६ जना पुरुष कर्मचारी, वयोधा अस्पतालको ३ जना कर्मचारी, नारायणी अस्पतालको आइसियुमा अपचारार्थ २२ बर्षका १ जना पुरुष र ४२ बर्षका १ जना मृगौला रोगीमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर सिंहले बताए । त्यसैगरी वीरगन्ज महानगरपालिका विभिन्न वडाका १३ जना रहेका छन् भने पर्सा जिल्लाको पोखरिया नगरपालिकाका विभिन्न वडाका १२ जना रहेका छन् । पर्सा जिल्लाको बहुदरमाइ नगरपालिका वडा नम्बर ९ भौराटारका २३ बर्षका १ जना पुरुष रहेका छन् । त्यसैगरी बारा जिल्ला महागढीमाई वडा नम्बर ५ कबहीका ४० बर्षीय १ जना पुरुष र बारा जिल्ला कलैया वडा नम्बर १ का ६० बर्षीय पुरुष रहेको नारायणी अस्पतालका नारायणी अस्पतालका डाक्टर सिंहले बताए ।