
दिबाश घिमिरे
कति सम्झने मुटुमा राखेर तिम्रो माया
कति सोच्ने दिमागमा खादेर तिम्रो माया
जति खोच्छु भुलमा भुलेर तिम्रो माया
उति रुन्छु आशुमा बगेर तिम्रो माया
कस्तो पिडा रहेछ तिम्रो माया
बेदनामा मलाई जलाईरहने
त्यहि पिडा अनि बेदनाले पोल्दा पोल्दै
बेहोसिमा कराइरहेछु तिम्रो माया
भावनामा खेलेउ या भाग्येले खेल्यो
कल्पनामा डुबेछ तिम्रो माया
छुराले रोपेको जस्तो लाग्यो
मुटु नै छिया छिया पार्यो तिम्रो माया
भो अब सक्दिन् यति धेरै सहन
गर्दिन अब मायाको यति धेरै चाहना
सजाये पाए मैले त माया गर्नाले
भुलिदिन्छु अब म प्रीया तिम्रो माया