
रोदनको हाँसो.....
रीत्तो रीत्तो अनि खालि छ जीवन
भर्न खोज्छु यसमा मैले पवन
सक्दिन अब यति धेरै सहन
कहा जाउ समयको साथ खोज्न ।
म आफूमा रमाउन चाहन्छु
दिदैन साथ भाग्यले
तैपनि काल्पनिक हासो हास्न चाहन्छु
बेदनालाई लुकाएर आफूलाई झुक्काएर ।
सन्सारमा पिडा त सबैलाई हुन्छ
सबैले आफ्नो हासो देखाउछन
बेदनालाई सधै आत्मामा राख्छन
पिडालाई हासो र खुशिको रूप दिन्छन ।
म पनि सायद यसैमा पर्छु
रोदनलाई लुकाइ रमाउन खोज्छु
जीवन जीउन यसैमा पर्छ
तै पनि म दुख्खलाई टाढा राख्न खोज्छु ।