जातिय विभेद र घरघरमा शिक्षा

No icon

कमल चौधरी ।  जातिय विभेद विरुद्ध सुरुवाट आफूबाट र आजै देखि भन्दै घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालले पृथक आभियान सुरु गरेको छ । नेपाली समाजमा अझै पनि जातिय विभेद कायम रहेको भन्दै जातिय विभेद उन्मुलनका लागी घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालले आफूबाट र आजै देखि नै सुरुवाट गर्नुपर्छ भनेर जातिय विभेद विरुद्धको आभियान सुरु गरेको हो । समय परिवर्तन भएपनि जातिय विभेद कायम नै छ । अझै पनि उत्पीडित जातजाति, मधेसी, मुस्लीम र दालित समुदायलाई हेर्ने दृष्ट्रिकोण फरक छ । पछिल्लो केही समय कोठाको विषयलाई लिएर जातिय विभेद विरुद्धको एउटा जातिल मुद्धाको रुपमा समेत निकै मिडियाहरुमा छाईरहेको थियो ।

जस कारण पुनः रुपा र जातिय मुद्धा एउटा बहसको विषय समेत बनेको थियो । रुपा सुनारले जातीय भेदभाव तथा छुवाछुत कसुर आरोपमा कारबाहीको माग गर्दै शिक्षामन्त्री लाई सर्वोच्च अदालतमा रिट दर्ता गरेकी छिन् ।  तनहुँकी रुपा सुनारले गत आइतबार शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएकी हुन् । रिटमा शिक्षामन्त्री श्रेष्ठसहित जिल्ला सरकारी वकिलको कार्यालय बबहरमहल, महानगरीय प्रहरी वृत सिंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाइएको छ । दलित भएकै कारण देखाउँदै बबरमहलकी घरबेटी सरस्वती प्रधानले सुनारलाई कोठा नदिएपछि उनले प्रहरीमा जाहेरी दिएकी थिइन् । पक्राउ परेकी घरबेटी प्रधानलाई छुटाउन शिक्षामन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए ।

शिक्षामन्त्री श्रेष्ठले प्रधानलाई झन्डावाला गाडीवाला गाडीमा हालेर घरसम्म पु¥याएको भन्दै रुपाले सर्वोच्चमा रिट दायर गरेकी हुन् । यसबाट पनि स्पष्ट हुन्छ की अझैपनि हाम्रो समुदायमा शिक्षित र बौद्धिक व्यक्तिहरुले नै जातिय विभेदलाई पालन पोषण गरिरहेका स्पष्ट देख्न सकिन्छ । अझै पनि राजनीतिक, शक्ति र पावरको आदमा शोषण गर्ने परिपाटी कायम छ ।

 जातिय विभेदको ईतिहास... 
जातिय विभेदको ईतिहास दक्षिण अफ्रिकाको सार्प भिल्लेमा सन १९६० मार्च २१ का दिन भएको ६९ जनाको नरसंघारको घटना संग जोडीएको छ । रंगका आधारमा गरिने विभेदले अफ्रिकी मुुलुकका काला जातीहरु विश्वभरि अमानविय र पशुतुल्य जिवन जिउन बाध्य तुल्याईएका थिए । काला जातीको स्वतन्त्र र मानव अधिकार कानुनी रुपमा नै बर्षाै सम्म कुल्चीएर राखेका गोराहरुले कालाहरु माथी गरिएको दमन, भेदभाव, अन्याय, शोषण, उत्पिडन र दासत्वलाई सहन नसकि यसको विरोधमा हजारौ मानिसहरु एकै ठाउँमा भेला भई दक्षिण अफ्रिकाको विभेदी कानुन का विरुद्धमा शान्तिपुर्ण तरिकाले जुलुस प्रदर्शन गर्ने क्रममा सन १९६० मार्च २१ का दिन त्यहाको प्रहरी प्रशासनले जुलुस माथी अन्धाधुन्ध गोेली चलायो र गोली लागेर ८ महिला र १० बालबालीका सहित ६९ जनाको क्रुरतापुर्वक हत्या भएको थियो ।
 यस घटनाले विश्व भरि तरंग उत्पन्न गरायो । रंगभेदले पिल्सियका करोडौ करोड जनताहरुलाई तरंगीत र आन्दोलीत बनाउने काम भएकै कारण जातीय विभेदको मुद्दालाई उठाईएको हो । 
यसै घटनालाई स्मरण गर्दै संयुक्त राष्ट्र संघले २१ मार्च १९६५मा जातीय विभेद उन्मुलन सम्बन्धि महासन्धी पारित गरि जाती तथा रंगभेद उन्मुलन दिवशको रुपमा मार्च २१ लाई मनाउने घोषणा गर्यो र सन १९६६ देखी हरेक बर्ष मार्च २१ को दिन विश्वभरि जातिय विभेद तथा रंगभेद उन्मुलन दिवसको रुपमा मनाउदै आईरहेको छ । 
त्यस्तै नेपालमा जातिय छुवाछुत र विभेदका कारण पछाडी पारिएका, उत्पिडनमा पारिएका दलित समुदायले मार्च २१ लाई विशेष दिनका रुपमा विभिन्न कार्यक्रम गरेर मनाउने गरेका छन् ।
वि.स. २०२० को मुलुकि ऐनले पनि जातिय छुवाछुत गर्न नपाईने भनेकै थियो, तर त्यहि भनाइ पनि लागु हुन सकेन, राज्यले यस्ता नीति र नियम ऐन कानुन कडाइ पुर्वक लागु नहुँदा अझै दलित समुदाय विभेद र उत्पिडनको सिकार भई रहेको छन् । अझै राज्यका विभिन्न निकायमा समेत भेदभाव भोगी रहेका दलित समुदायका समस्यालाई सम्बोधन गर्न राज्य चुकेकै छ । 
हुन त वि.स. २०६३ को जनआन्दोलनपछि पुनःस्थापित संसदले २१ जेठ २०६३ मा नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने काम नभएको होईन । जातिय छुवाछुत कसुर ऐन ०६८ व्यवस्थापिका संसद् द्धारा स्थापित समेत भयो । तर छुवाछुत मुक्त राष्ट्र घोषणा गरेपनि थप कानुनलाई प्रभावकारी बनाउन नसक्दा दलित समुदाय माथी हुने सामाजीक विभेदका स्वरुप र उत्पीडनका समस्या ‘ज्यूका त्यु छ । आज फेरी दलित समुदायको कोठा र कोटा विषयलाई लिएर एउटा जातिल मुद्दालाई ओझेलमा बनाउँन खोजिएको छ । हुन त जबसम्म दलित समुदायका पक्षमा कडा कानुन बन्दैन, कानुन लागु गर्ने निकायमा दलित समुदाय पुग्दैन तबसम्म दलित समुदायले मुक्ति पाउन सक्दैन ।

जातिय विभेद विरुद्ध नयाँ अभियान 
जातिय विभेद विरुद्धमा एउटा पृथक र नयाँ अभियानको सुरुवाट भएको छ । मुलत यो स्वस्फूर्त नागरिक अभियान हो । यस कार्यमा कसैको पैसा दिने होइन । यो सचेत नागरिकहरुको कर्तव्य र दायित्व रहेको सामाजिक अभियान्त एंव पत्रकार दुर्गा अर्यालले बताए । उनले भने–“हामी हाम्रो संस्कृति, धर्मको विषयमा गौरव गरि रहदा, जातिय विभेद सम्वन्धी व्याप्त रहेका कालो धव्वा तपाई हामीले नै मेटनु पर्छ, भन्ने भाव व्यक्त गर्न हर कसैले हरियो झण्डाको प्रयोग, हरियो टिकाको प्रयोग, हरियो चुन्नी र चुरा, हरियो खादाहरुको प्रयोग समेत गर्न सकिन्छ ।”
उनले स्थान विषेश अनुसार हरियो रंगका प्रयोग र हरियो कपडाको आयात आकारको कपडा झण्डाको रुपमा आ आफनो घरमा राखेर य नयाँ अभियानमा जोड्न आग्रह समेत गरेका छन् । त्यस्तै घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका अध्यक्ष थानकला पौडेलले जातिय विभेद विरुद्ध सहेर बस्न नहुँने भन्दै सुरुवाट आफैबाट र आजै देखि नै गर्ने उद्देश्यले नै आफूहरु लागि परेको बताए । उनले यस अभियानले सबै जातजाति समुदायलाई अभियानमा जोड्न सकिने बताए । 

Comment As:

Comment (0)