No icon

‘मुलक प्रतिको आफ्नो भूमिका तय गरौं’

दुर्गा अर्याल  । प्रकृतीको वरदान स्वरुप हामीले पाएको हाम्रो मुलक, अध्यात्मको विश्व थलो हाम्रो देश, स्वर्गको वर्णन गर्दा समेत त्यो वर्णन वमोजिम मिल्न जाने हाम्रो देश, अपार प्राकृतिक श्रोत र साधनले सम्पन्न मेरो देश नेपाल । तर विडम्वना यही देशका नागरिक असाध्यै गरिव । गरिव यस अर्थमा सोंचमा गरिवी, मानसिकतामा गरिवी, नैतिकतामा गरिवी, अनुशासनमा, नयाँ दृष्टिकोण र चिन्तनमा समेत गरिवी । तर गरिवी मात्र होइन यहाँ धनीहरुको पनि कम छैन । चाप्लुसीमा धनी, ठगी गर्न र अरुलाई विगार्नमा, पक्षपात गर्न, विवेद गर्न, आफ्नो मात्रै भलो हुने काममा भने निकै धनी छन् । चाहे समाज चाहे देश विग्रोस त्यो वर्ग चाही निकै धनी छ ।  अध्यात्मिक चिन्तन, मुलकको आफ्नो पन वा पहिचान, विकासको सन्र्दभ र विवेक सहितका नागरिकहरुको  विकास आजको आवस्यकता हो । आज आम नेपालीलाई विकास के हो थाहै छैन ।

विकास भनेको त यो पो हो भन्न ग्रामिण तहका समुदाय थाहै छैन । मुलुकको विकासले नागरिक नित्य दिन सहज हुन्छ भन्ने वोध भएको छैन । राजनीतिक दलका विवेक हिन कार्यकर्ताको प्रशिक्षण पाएका आम समुदायले ठिक लाई ठिक र वेठिकलार्य वेठिक भन्न सक्ने आटँ नै छैन । विकासका सूचकहरुले आम नेपालीलाई कति फरक पार्यो भन्ने थाहा हुन जरुरी छ न की २, ४ वटा वाटा वन्यो वहुत विकास भयो भन्ने हावादारी हल्लालाई विकास मान्ने निरिह जनता अरु लामै समय ठगिन सक्नेछन् । अव अलिकति कुरा गरौं विकास शव्दले व्यहारमा कति परिवर्त आयो भन्ने कुरालाई पनि समेट्नु पछ कि? जस्तो कि प्रत्येक व्यक्तिले कति सहजता महसुर गरे वा विद्यालय निशुल्क भयो र गुणस्तर पनि कायम भयो । प्रशासनमा जादा काम सहजै भयो प्रशासकले सहजीकरण शैलीको व्यवहार देखाए वा किसान वर्ग, श्रमजिवि वर्ग प्रशासिनक काममा प्रशासकले देश निर्माण का वास्तविक संवाहक हुन भन्दै अपनत्व देखायो वा जुन सुकै कार्यालय जादा शव्दभाव गुणस्तरिय पाईयो वा अतिरिक्त शुल्क तिर्न परेन र धेरै दिन धाउन पनि परेन यस्तै यस्तै कुराले पनि विकासलाई नाप्न सकिन्छ कि ? व्यवहारको रुपान्तरण पछि भौतिक विकासका पूर्वाधारहरुका विकासका रुपमा सडक,वाटाघाटा नागरिकको एक स्थानवाट अर्कौ सथनमा जान सहज पहूंच, उत्पादन र रोजगारी, महंगी नियन्त्तण, शिक्षा र स्वास्थ्य सेवामा सहज पहुंच र गुणस्तरिय सेवा भयो र आम नेपाली नागरिकलाई सहज भयो भने त्यो कार्य नै विकास तिर लम्कीदै गरेको अनुभूत हुन्छ । तर विडम्वना आज त्यो नै छैन तर जवदस्ती विकास भा छ, विकास भा छ भनेर सोझा नागकिरलाई घोकाई रहेको स्थिति छ । झुटो कुरालाई दशकौ पटक भनि रह्यो भने त्यो पनि साचो हुन्छ भन्ने भावभंगी देख्न पाईन्छ ।  विचार र दृष्टिकोण विवेकपूर्ण नहुदा सम्म भौतिक विकास त होला तर नागरिकको आफ्नो विकास भने हुनै सक्दैन । आजको अवस्था हेरौ त आफू र आफ्नो पक्ष जति दुष्ट भए पनि कुनै शव्द छैन, आफ्नो पक्ष परेन भने जति नै सही भए पनि त्यो स्विकार योग्य हुन सक्दैन । अझ भनौ वर्र्षौ सम्मको सुगा रटाई ज्ञानले वास्तविक मनन गर्न योग्य मष्तिस्क समेत कालो घेराले पुरी रहेका छ । सम्यक दृष्टि हराएको छ ।

 अव, वेला भयो । जार्गौ सम्यक दृष्टि लिएर, सम्यक संकल्प लिएर, अतिवाद त्यागांै । वस्तु स्थितिको सही विश्लेषण गर्न सक्ने वनांै । दास र चाप्लुसी मानसिकता त्यागौं । प्रत्येकले मुलक प्रतिको आफ्नो भूमिका तय गरौं । त्यो भूमिका मुलकको सही इतिहास सिकाएर पनि हुन्छ । उद्यमी वनेर पनि हुन्छ । जो जो जुन जुन पेशामा छ उसले इमान्दारी पूर्वक उत्तरदायित्व वहन गरेर हुन्छ । तर, प्रत्येक नागरिकले मेरो खराव कामले देशले दुख पाउछ, जनताले दुख पाउछन भन्ने हेक्का राख्न सक्नु पर्छ । त्यसैले देशको विकास हेर्न त्यहाँका जनताका आनी वानी वा व्यवहार हेरे पुग्छ । ठिकै छ थोरै खाउला, नमिठो खाउला तर गर्वपूर्वक वाचौला हाम्रा कु कृत्यले नेपाल आमालाई असहज नवनाउ र वनाउन नदिउ पनि । अस्तु ।

Comment As:

Comment (0)