साहसपूर्ण जोखिम उठाउन तयार : सफल उद्यमी 

No icon

कमल चौधरी १० असार, कपिलबस्तु । बाणगंगा नगरपालिका–८ बोर्डगाउँ निवासी विष्णु खत्रीले विदेश बाट फर्केपछि सुरु गरेका दुईवटा व्यवसायहरु सफल हुन सकेनन्  । त्रिमुर्ति काष्ठ उद्योग (आरामिल) र बाणगंगा कन्ट्रक्सन एण्ड कन्ट्रक्सनल प्रा.लि कम्पनीले समेत साथ दिएन । जति नै असफलता भए पनि हरेश खान नहुने वुडा पाकाको युक्ति सम्झदै पुनः तेस्रो व्यवसायको रुपमा माछापुच्छ्रे एग्रो प्रोडक्ट प्रा.ली. स्थापित भई छाड्यो र साझेदारीमा संचालीत उद्योगले भने जस्तै साथ दियो । अहिले उद्योगले आम्दानी भने दिन सुरु गर्यो । काम गर्ने र लगानी गर्ने साहस वढायो । कथा जस्तै लाग्ने यो सघर्ष यात्राको याद गर्दै भन्छन् खत्री ।  स्वदेशमानै केही गर्नुपर्छ भन्ने चाहना हुँदा हुँदै बध्यताले विदेशी भुमिमा केही बर्ष परिश्रम र पसिना बेचेर नेपाल फर्किएका विष्णु खत्री सफल उद्यमीको रुपमा अहिले परिचित भएका छन् । 


हुन त समाजमा आफुलाई एक स्थापित उद्यमीको रुपमा परिचित हुन जो कोही उद्यमीको चाहना हुन्छ तर पटक पटकको व्यवसायीक संघर्षमा साहसपूर्ण जोखिम उठाउन तयार नहुनेलाई भने निकै कठिन हुन्छ । लगातारको परिश्रम र मिहिनेतका साथ कर्म गर्दै जाने हो भने एक दिन आवश्यक सफल हुन सकिन्छ भन्ने राम्रो उदाहरणीय पात्र बन्न पुगेका छन् खत्री । वाल्यकाल देखि नै उद्यामी बन्ने सपना वोकेका भए पनि आर्थिक श्रोत नहुदा विष्णु लाई वि.स. २०५० साल तिर रोजगारीको शिलशिलामा विदेशिन परेको थियो । जिवनका आरोह अवरोह झेल्दै, जीवन भोगाइका अनगिन्ती अनुभव छन् । खाडी मुलुक दुवईमा ७ बर्ष विताउँदा नेपालीहरुले भोग्नु परेको पीडा नजिकबाट महसुस गरेको तितो यर्थात सुनाए । आफ्नै मुलुकमा नै केही गर्नु पर्छ भन्ने र वाल्यकालको सपनालाई साकार गर्न अवसर खोज्दै गर्दा विष्णु खत्री माछापुच्छ्रे एग्रो प्रोडक्ट प्रा.लीमा प्रमुख साझेदारका रुपमा आवद्ध भई उद्योगीको रुपमा स्थापित भए ।  कुनै वेला अर्कै को कम्पनीमा मजदुर भएका खत्री अहिले आफ्नो कम्पनीमा ३५ जना वढी नेपाली युवाहरुलाई रोजगारी समेत दिन सफल भएका छन्  । विष्णु खत्री भन्छन् “धेरै नेपालीहरु अदक्ष श्रमिक भएकाले थोरै पारिश्रमिकमा काम गर्नु पर्ने बाध्यता एकातिर हुन्थ्यों, भने आफ्नो ज्यानलाई जोखिम मोलेर उर्जाशिल समय विदेशमा खर्चिनुपर्छ । आफनो मुलकलाई योगदान गर्नु पर्ने जोस र जागर सहितको युवा उमेर अर्कै देशलाई सुम्पनु पर्छ । आफू सानै उमेर देखि राजनीतिक घटना क्रमालाई नियालि रहेको नाताले पनि  पिडावोध हुन्थ्याृें । यहि पीडा र विदेशको अुनुभव नै मेरो लागी संघर्ष गर्ने प्रेरणा मिल्यो ।’

अहिले आफ्नो उद्योगले गति लिन थाल्यो, केही मात्रामा भए पनि सन्तुष्टिका आधार तयार हुदै गए समाजमा आफ्ना् योगदानलाई अविछिन्न राख्न आफू उद्यमी मात्र नभएर विभिन्न समाजिक संघ संस्थामा अवद्ध भएर कृयाशिल भएको बताए । अहिले उनी संक्रिय रुपमा ग्रमिण क्षेत्रका विभिन्न टोलविकास संस्था, ट्रक समिति र विभिन्न धार्मिक संघसंस्थामा आवद्ध भइ समाजिक क्षेत्रमा योगदान गरिरहेका छन् । जीवनमा असफलताले नै सफलताको बाटो तय गर्छ भन्ने राम्रो संग बुझेका विष्णु खत्री  कहिल्यौं हार मानेनन्  । उनी भन्छन् –‘एक दुई पटक असफल हुँदैमा आफुले आफ्ना्े सपना पुरा गर्ने यात्रमा हार  खानु हुँदैन । मैले पनि कोसिस गरिराखे र पटक पटकको असफलता पछि अर्केा व्यवसाय गर्ने सोच बनाएर अगाडी बढीरहे । हामीलाई  कुन पेशा गर्ने भन्ने दुविधा भै रहेको थियो । साझेदार मित्र रामराजा मल्लले आफनो माछा पोखरीको लागि माछाको दाना नपाएर समस्या भएको कुरा सुनाउदै गर्दा हामीलाई के उद्योग गर्ने भन्ने उत्तर मिल्यो । त्यस पछि हामीले माछाको दाना उत्पादन गर्ने उद्योग संचालनमा ल्यायौं । साझेदार साथीहरुले मलाई पूर्ण रुपले साथ दिनुभयो । म, रामराज मल्ल र  शुशिल नेपाल मिलेर नयाँ उद्योग संचालन गरी छाड्यौ ।’ उद्योगका लागि सुरुमा लामो समयको अनुसन्धान पछि युरोपियन टेक्नोलोजीको टुईन स्कुलेटर मिसिन चाईनाबाट खरिद गरेर लिएर आएको र नेपलामा वि.स. २०७१ साल देखि माछापुच्छ् एग्रो पोडक्ट प्रा.लि. संचालन सुरु गरेको जानकारी दिए । अहिले उद्योगले किसानहरुलाई समयमा नै माछा, बंगुरहरुको दानाहरु पु¥याउँन सफल भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कारण देश पूर्ण रुपमा लक डाउन थियो । कोविड–१९ को कारण धेरै उद्योगहरु बन्द भएको समयमा पनि आफुहरुले किसानहरुलाई आवश्क दानाहरु पु¥याउने काम गरेका थियौं ।

‘स्वदेशमा युवाहरुलाई रोजगारी दिन पाउँदा धेरै खुसी छौं ’

त्यस्तै “किसानको संमृद्धि नै हाम्रो उद्देश्य” भन्ने सन्देश सहित व्यवसायमा लागेका युवा उद्यमी  एग्रो पोडक्ट प्रा लि का संचालक  तथा साझेदार रामराजा मल्लको भनाई रहेको छ ।
उहाँले मेहनतको साथ काम गर्ने हो भने अवश्य सफल हुने वताउछन् ।  अहिले किसानहरुलाई गुणस्तरिय दाना उपलब्ध गराउने र स्वदेशमा युवाहरुलाई रोजगारी दिन पाउँदा धेरै खुसी लागेको रामराजा मल्लले अनुभव सुनाउछन् । ‘नेपालमा हजारांैको संख्यामा युवा बेरोजगार रहेका छन् । हामीले हाम्रो माछापुच्छ्रे एग्रो प्रोडक्ट प्रा.ली बाट केही हद सम्म रोजगारी दिन सफल भएका छौं ।’ युवा उद्यमी रामराजा मल्लले मेहनेत गर्नुपर्छ स्वदेशमा नै विदेशको आम्दानी गर्न सकिने तर्क गर्छन् । अहिले यस माछापुच्छ्रे एग्रो पोडक्ट प्रालिबाट उत्पादित दाना पूर्व मेची देखि पश्चिम महाकाली सम्म नै पुगेको छ । मल्लले महेन्द्रनगर, झापामा, जिरे, कुलेखानी, पोखरा, तातोपानी, काठमाण्डौं लगायतको विभिन्न स्थानमा समेत दानाहरु पु¥याएको जानकारी दिए । सुरुमा लगभग ६ करोड ५० लाखबाट सुरु गरेको यस उद्योग अहिले ६ बर्षको दौरनमा १२ करोड भन्दा बढिको पुजी जोड्न सफल भएको छ । अहिले १८ करोड भन्दा बढिको यस माछापुच्छ्रे एग्रो पोडक्ट प्रालि पुँजी भैसकेको .संचालक मल्ल भन्छन् ।

बाणगंगा नगरपालिका–३ भक्तौलीमा रहेको यस माछापुच्छ्रे एग्रो पोडक्ट प्रालिमा माछा, बुंगुरको दाना उत्पादन गरिएको भए पनि अगामी बर्षहरुमा कुखुरा, गाई, भैसी, पशुहरुको दाना पनि बनाउने सोच रहेको छ । नेपाली युवा वर्गका सवालमा संचालक मल्ल भन्छन्  नेपालमा नै आफुले सक्ने लागनी अनुसार व्यवसाय गर्ने हो भने विदेश भौतारिनु पर्दैन । नेपालमा नै राम्रो आम्दानी गर्न सकिने थुप्रै अवसरहरु छन् । युरोप अमेरीका अथवा खाडी मुलुकमा जान लाग्ने खर्च स्वदेशमा नै लगानी गरेर काम गर्ने हो भने राम्रो उद्यमी बन्न सकिन्छ, । यस्ता अवसर सवैका लागि छ, युवाहरुको मुलुक प्रतिको जिम्मेवारी र योगदान उद्यमी वनेर पुरा गरौं । सवैले केहि नयाँ गरयौ भने मुलुक पनि समृद्ध हुन्छ । यसरी स्वदेशमा नै केही गर्नुपर्छ भन्दै राम्रो प्रगति गर्न सफल माछापुच्छ्रे एग्रो पोडक्ट प्रा.लीका उद्यमीहरु धेरै दुःख पीडा र असफलताहरु झेल्दै संघर्ष गर्दै एउटा सफल उद्यमी बन्न पुगेका  खत्री र मल्लको सिको हामी सबैले गर्नुपर्छ । राज्यले पनि युवाहरुलाई स्वदेशमा नै लगानीको वातावरण सिर्जना गर्नुको साथै उद्यमीहरुलाई प्रोत्साहन गर्नु आवश्यक छ । सरकारी कार्यक्रमहरु उद्योग प्रवद्र्धनात्मक एवं नीतिहरु उद्योग व्यसाय मैत्री हुन जरुरी देखिन्छ ।

Comment As:

Comment (0)