No icon

रुपन्देहीको तिलोत्तमा १० उत्कृष्ट उद्यमी घोषणा

२६ कार्तिक बुटवल ।
दायित्वले उद्यमशिल नेपालको परिकल्पना सहित तिलोत्तमा नगरपालिकासंगको साझेदारीमा उद्यमशिल तिलोत्तमा निर्माणको उद्देश्यले सञ्चालित नगरप्रमुख–दायित्व ग्रामीण उद्यम दु्रतिकरण कार्यक्रम अन्तर्गत् उद्यम द्रुतिकरण प्रतियोगिता, तिलोत्तमा, २०१९ कार्यक्रम उत्कृष्ट १० उद्यमी घोषणा तथा व्यापार साक्षरता तालिम आयोजना गर्दै दोश्रो चरण सम्पन्न भएको छ । 
    दायित्वको रिप परियोजना व्यवस्थापक सायुज्य शर्माको अध्यक्षता, तिलोत्तमा नगरपालिकाका उपमेयर जगेश्वर देवी चौधरीेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा उत्कृष्ट १० उद्यमीहरुमा पर्यटन तर्फ अभय चौधरी ( ए क्युब एक्वाटिक्स रिसोर्ट, तिलोत्तमा वडा नं. १७) तथा कृषि तर्फ पार्वती गिरी (लकसी अचार उद्योग, तिलोत्तमा–१), ईश्वरी प्रसाद भण्डारी   (फार्मर गार्डेन, तिलोत्तमा–२), दयानीधि गैरे (मुक्तिनाथ डेरी तथा पशुपपालन फार्म, तिलोत्तमा–१६), सुनील कुमार पाण्डे लुम्बिनी गोट फार्म, तिलोत्तमा–१), विष्णु पाण्डे (अंकिता कृषि तथा पशु विकास केन्द्र, तिलोत्तमा– ६), दुर्गा कुमारी भण्डारी ( दुर्गा पशुपालन केन्द्र, तिलोत्तमा–१४), गौतम चौधरी (थारु भैंसी फार्म, तिलोत्तमा–१३), पवित्रा भुषाल (नारायणी गाई विकास फार्म, तिलोत्तमा–१४) राम बहादुर कालुङ्गमगर (सगरमाथा बंगुर तथा मत्सय फार्म, तिलोत्तमा–१३) रहेकाछन् । तिलोत्तमा नगरपालिकाले उद्यमशिल तिलोत्तमाको परिकल्पना गरेकोछ । सो अनुसार योजना बनाउदै गर्दा समयसापेक्ष र तिलोत्तमाको भूमि सुहाउदो कार्यक्रम यो उद्यमी प्रतियोगिता भएको बताउनु भयो । र पक्का उद्यमी र समृद्ध तिलोत्तमा नगरपालिका बन्न नमुना कार्य शुरु भएको बताउनु भयो । उत्कृष्ट १० उद्यमीहरुका लागि दायित्वले आयोजना गरेको व्यापार साक्षरता तालिमको सहजीकरण दायित्वका ट्रेनिङ्ग कन्सल्टेन्ट संजय पोख्रेलले गर्नु भएको थियो । कार्यक्रममा, दायित्वका प्रदेश नं. ५ का प्रतिनीधि कमल थापा, रिप का प्रोग्राम अफिसर स्नेहा शाक्य लगायतको उपस्थिति रहेकोथियो ।
तिलोत्तमामा सक्षम उद्यमी निर्माण गर्ने उद्देश्यले सञ्चालन गरेको प्रतियोगिता उत्कृष्ट १० पछि उत्कृष्ट ५ र विजेता घोषित हुनेछ । उत्कृष्ट ५ मा पर्ने उद्यमीहरुले नेतृत्व विकास तालिम र ५०÷५० हजार बिज कोष पाउनेछन भने बिजेता हुने उद्यमीलाई रु १ लाख रुपियाँबाट पुरस्कृत गरिनेछ । मुसिकोट नगरपालिकमा तयारी र तानसेन नगरपालिकामा यही परियोजना संचालन भइरहेको दायित्वका प्रदेश नं. ५ प्रतिनीधि कमल थापाले बताउनु भयो ।

Comment As:

Comment (0)