No icon

एकता र प्रेमका सन्देशवाहक गुरु नानक

स्वामी. आनन्द अरुण ।  वर्तमान पाकिस्तानको लाहोर जिल्लाको तलवन्डी गाउँमा वि. स. १५२६ सालको कार्तिक पूर्णिमाका दिन सिख धर्मका संस्थापक गुरु नानकदेवको जन्म भएको थियो । अहिले यो ठाउँ ननकाना साहेबको नामले प्रसिद्ध छ । उहाँका पिताको नाम मेहता क्लचन्द र माताको नाम तृप्ता थियो । कुलचन्द र तृप्तीकी पहिली सन्तान छोरी थिइन् । आमाको बुबा र आमालाई हिन्दीमा नाना र नानी भनिन्छ । ती छोरी नानानानीकै घरमा हुर्किएकीले उनको नाम नानकी रहन गयो । त्यही कारण नानकीको भाइलाई सबैले नानक भन्न थाले । 

बाल्यकालदेखि नै नानकमा विलक्षण मेधा, प्रबल वैराग्य, धार्मिक तथा सामाजिक कुरीतिहरू प्रति विद्रोह देखिन्थ्यो । हिन्दूहरूको रीतिअनुसार जब उनलाई जनै धारण गर्न लगाइयो उनले पुरोहित गोपाल पण्डितलाई सोधे, 'यो जनै चुंडिए वा फोहोर भएपछि के गर्ने ?' पण्डितले एक पैसामा यो जहाँ पनि किन्न पाइन्छ, अर्को किनी लगाउने' भने पछि 'यो एकपैसे जनैका लागि किन यत्रो आयोजन । म यस्तो सस्ता जनै लगाउँदिन र यो चैंडिने धागों ले हृदय पवित्र गर्दैन । शुद्ध चरित्रल पवित्र हन्छ' भनी जनै लगाउन इन्कार गरे । उनलाई स्कुल र मदरसाहरूमा पढ्न पठाइयो तर त्यहाँ पनि अन्धविश्वास पतिविरुद्ध बोल्न थालेपछि उनको प्रतिभा त्यहाँ अटाउन सकेन । उनका बबाले उनलाई गोठालोको काम दिए । श्रीकृष्णले गाई र इसामसिहले  चराए जस्तै उनी भैंसी चराउन थाले । भैंसीलाई चर्न छोडेर उनी रूखमनि पानमा डब्थे । भैंसीहरू अरूको खेतमा पसी बाली खान्थे र छिमेकीसँग मनमटाव हुन्थ्यो । त्यसपछि गोठालो पठाउन छाडी उनलाई व्यापार गर्न २० रुपैयाँ दिई यस्तो व्यापार गर्नु जसबाट सबैभन्दा बढी लाभ होस्' भनी पिताले शहर पठाए । नानकले शहर नपुग्दै बाटैमा भोका जोगीहरूको जमात बास बसेको देखेछन् । उनीहरूले 'हामीलाई भोजन गराऊ, तिमीलाई धेरै लाभ हुन्छ' भनेछन् । नानकले पनि यो भन्दा बढी लाभ हुने अरू कुरा देखेनन् र शहर गई खाना,

कपडा किनेर जोगीहरूलाई तृप्त गराई उनीहरूबाट आशीर्वाद लिई प्रफल्ल भई घर फर्के । उनका पिताले 'के व्यापार गयौ र यस्तो खुसी छौ' भनी सोध्दा 'मैले सबैभन्दा लाभ हुने कार्य गरें, साधुहरूलाई तृप्त गराएँ' भनी जवाफ दिए । नानकको उमेर १८ वर्ष भएपछि सामाजिक रूपले अव्यावहारिक ठानी उनको बिहा गरिदिने निश्चय भयो । उनी विवाह गर्न तयार थिएनन् । नातेदारहरूको व्यापक दबाबपछि हिन्दू रीतिरिवाज अनुसार मुलचन्द खत्रीकी छोरी सुलक्षिणीसँग विवाह गर्ने तय भयो तर नानकले रीतिथिति र आडम्बरलाई नकारेर साधारण किसिमले विवाह गरे । विवाहपछि नानकलाई उनका जेठान जयरामले आफू काम गर्ने सुल्तानपुरका नवाव दौलतखानको दरबारमा लगे । दौलतखानले उनको निर्दोषपन देखेर 'मेरो दरबारमा काम गछौं ?' भनी सोधे । 'सबैको फाइदा हुने काम छ भने गर्छ' भनेकाले उनलाई नवावको अन्न गोदामको भण्डारे बनाइयो । भण्डारेको रूपमा अन्नको बोरा गन्दा र जोख्दा १२ सम्म उनी होसमै हुन्थे । १३ आउनासाथ १३ को 'तेरा तेरा' मै रोकिन्थे । तराको मतलव सबै तेरै हो. परमात्माकै हो भन्दै उनलाई परमात्माको स्मरण आउँथ्यो र रामकृष्णजस्तै भावस माधि लाग्थ्यो । त्यसबेला भारतमा मुसलमानको राज्य थियो र हिन्दूहरू दमित, पीडित शासित थिए । हिन्दू मुसलमानबीच भित्रभित्रै विद्वेष र घृणाको आगो लरहको थियो । नानकले हिन्दू र मसलमानबीच प्रेम र एकताको सन्देश दिए । कका परम मित्र थिए भाइ मरदाना । मुसलमान परिवारमा जन्मेर पनि उनी शुरुदेखि अन्त्यसम्म नानकसँगै बसे । नानकले आफ्ना सन्देशहरू कबीर, मी र सूरदासलेजस्तै गाएर दिएका छन् । मरदानाले रवावमा बजाएर त्यसलाई मिठो स्वरमा गाउँथे। । एक दिन नानक मरदानालाई लिई नदीमा नुहाउन गए । नदीमा डुब्की लगाएर उनी हराए । कसैले उनलाई नदेखेपछि रुवाबासी मच्चियो तीन दिनपछि उनी नदीकै नजिक एक रूखको मुनि समाधिस्थ भेटिए । निक एक्कासि कहाँ हरायौ, कहाँ गएका थियौ ?' भनी सोध्दा 'म सचखण्डमा निराकार परमात्मालाई भेट्न गएको थिएँ' भनी जवाफ दिए । त्यो नानकको निर्विकला समाधिको अनुभूति थियो । त्यसपछि उनी जागिर छोडेर श्मसानघाटमा एकान्तमा साधनारत भए 'नानकलाई श्मसानघाटको भूत चढेको छ' भनी आफन्तहरूले झारफुक गर्न वैद्य र झाँक्रीहरू बोलाए । 'मलाई साधारण श्मसानको भत चढेको हैन, परमात्माको नशा चढेको छ यो तिमीहरूले बुझ्दैनौ' भनी नानकले सबैलाई फिर्ता पठाए 'यहाँ कोही मुसलमान छैन र कोही हिन्दू पनि छैन सबै परमात्माका सन्तान हुन्' भनी मानवधर्मको सन्देश दिन थालेपछि मुसलमानहरू 'हामी पाँचचोटि नमाज पढछौं, रोजा राख्छौं हामी कसरी मुसलमान होइनौं' भनी नानकको विरोध गर्न थाले । नानकदेवले भने, 'सत्य, इमानदारी, दया, करुणा यी सच्चा नमाज हुन् । म यी नमाजहरू पढ्छु र म नै सच्चा मुसलमान हुँ ।' 'तिमी मुसलमान हौ भने हामीसँग जुमाको नमाज पढ्न हिँड' भनी मौलवीले भने । नानक तयार भई मस्जिदतिर लागे । यो देखेर हिन्दूहरू पनि रुष्ट भए । मस्जिदमा नानक चप लागेर ध्यानमा बसिरहे। मौलवीले 'मस्जिदमा नमाज नपढी हाम्रो अपमान किन गरेको' भनी गाली गरे । 'यहाँ कसैले नमाज पढेको थिएन । तिमा मा भर्खर जन्मेको घोडाको बच्चा इनारमा खस्छ कि भनी चिन्तित थिया र नवावचाहिँ काबुलबाट घोडाहरू किन्ने सोचमा थिए' भनी दवैको मनको कुरा नानकले भनेपछि उनीहरू छक्क परे र लज्जित भए (सन्त दर्शन पुष्तकबाट)

 

 

Comment As:

Comment (0)