No icon

गुरु पूर्णिमा : श्रद्धाको पूनीत पर्व

स्वमी आनन्द अरुण  ।  असार महिनाको पूर्णिमा हिन्दूहरू एक विशिष्ट पर्वको रूपमा मनाउँछन्, गुरुप्रति श्रद्धा प्रकट गर्ने पर्वको रूपमा । गुरु शब्द नै हिन्दूहरूको विशिष्ट खोज हो । गुरु शब्दलाई अन्य कुनै भाषामा अनुवाद गर्न सकिदैन । अंग्रेजी भाषा मा निकटतम शब्द हो - मास्टर । तर मास्टर शब्दमा मालिकपनको आभास आउँछ । गुरु मालिक होइन, ऊ त सखा हो र परमात्मा पनि । उर्दुमा गुरुलाई उस्ताद भनिन्छ । उस्ताद र गुरु शब्दमा धेरै भिन्नता छ । संस्कृतबाहेक अन्य कुनै भाषामा गुरु शब्दको सही अनुवाद गर्न सकिदैन । गुरुपूर्णिमा समस्त शिष्यहरूका लागि एक विशिष्ट दिन हो ।पूर्णिमालाई नमनाई असारको पूर्णिमालाई नै गुरुपूर्णिमाका रूपमा किन मनाईन्छ । किनभने अरू पूर्णिमामा चन्द्रमा एक्लै हुन्छ, आकाश खुल्ला हन्छ तर र पूर्णिमामा गुरु चन्द्रमाको रूपमा आकाशमा चम्किरहेको हुन्छ र शिष्यरूपी बादलहरूले घेरिएको हुन्छ । शिष्य हो - आकाशको अन्धकाररूपी बादल र गुरु प्रकाशित चन्द्रमा । यो काव्यात्मक प्रतीक मानेर नै हिन्दुहरूले असार पूर्णिमालाई गुरुपूर्णिमाको रूपमा मनाउँछन् । गुरुलाई चन्द्रमाको उपमा दिइएको छ । किन ? सूर्यको रूपमा पनि त लिन सकिन्थ्यो ? सूर्य बढी तेजस्वी भए पनि चन्द्रमाको रूपमा गुरुलाई किन लिइयो भने सूर्यलाई हामी सोझै आँखाले हेर्न सक्दैनौं । यस प्रतीकको अर्थ के हो भने गुरु परमात्माको प्रकाशले प्रकाशित हुन्छ । चन्द्रमाको आफ्नो कुनै प्रकाश हुँदैन, उसले सूर्यकै प्रकाशलाई परावर्तन गरेर शीतल रूप प्रदान गर्छ ।

गुरुको काम के हो भने परमात्माको जुन प्रज्ज्वल शक्ति छ, तेज छ, त्यसलाई ग्रहणयोग्य बनाइदिने । गुरुले परमात्मा र शिष्यको बीचमा सेतको कार्य गर्दछ । यो सेतुको एक किनारा परमात्मामा छ र अर्को किनारा संसारमा छ । गुरु यस्तो चेतना हो जसको एक किनारा अन्धकारमा छ र अर्को किनारा परम प्रकाशमा छ । यस कारणले गुरुले हाम्रो भाषा बुझछ । परमात्मालाई हाम्रो भाषा सोझै बझाउन कठिन छ । परमात्माका लागि हाम्रो सामान्य बिछोड, प्रेम, दुःख, पीडाको विशेष अर्थ छैन किनभने परमात्मा यो सबैबाट निरपेक्ष छ तर गुरु परमात्मा र मनुष्य दुवै हो । उसले मनुष्यको भाषा पनि बुझ्छ र परमात्माको मौन पनि बुझ्छ, मनुष्यको पीडा पनि बुझ्छ र परमात्माको समाधान पनि । मनुष्यको सापेक्ष दुःख पनि बुझ्छ र परमात्माको निरपेक्ष वैराग्य पनि । यस्तो कल्याणकारी सेतका रूपमा हामीले गुरुलाई लिएका छौं । त्यसैले चन्द्रमाको प्रतीक बडो काव्यात्मक छ । चन्द्रमाको प्रकाश पनि त सूर्यकै हो, गुरुको तेज पनि परमात्माकै हो । गुरु पूर्णिमाको यो दिन - गुरुलाई याद गर्ने, अहोभाव व्यक्त गर्ने, गुरुप्रति श्रद्धा प्रकट गर्ने दिन हो । हामीले गुरुलाई परमात्मा भन्दा पनि माथिको आदर दिएका छौं । भक्त 'सहजीबाई जो चरणदासकी शिष्या थिइन, उनले गुरुको स्तुतिमा गाएकी छिन् -'राम तजू पर गुरु न विसारु, गुरु के संग हरिको न निहारु' 'रामलाई, परमात्मालाई छाडन सक्छ तर गुरुलाई बिर्सन सक्दिन र गरुको अगाडि परमात्मालाई पनि हेर्दिन' परमात्माभन्दा पनि माथि गुरुलाई राख्ने - यो गुरुभक्ति हाम्रो पूर्वीय परम्परा हो । कबीरले पनि यस परम्परालाई अर्को उचाइ । दिनुभएको छ । कबीर भन्नुहुन्छ - तीन लोक नौ खंड में गरु से वडा ना कोय, करता करै न करी सकै गरु करै सो होय' । 'तीनै लोक नौ खण्डमा गुरुभन्दा ठूलो अरू कोही छैन र परमात्माले पनि जो गर्न सक्दैन त्यो गुरुले गर्न सक्छ' 'हरि रुठे गुरु ठौर है, गुरु रुठे नही ठौर' । 'परमात्मा रिसाए भने गुरुले सहारा दिन सक्छ तर गुरु रिसाए भने। परमात्माले पनि मद्दत गर्न सक्दैन' 'कबीरा हरि के रुठते गुरुके शरणे जाए, कहे कबीरा गुरु रुठते हरि नहि होत सहाय' ।

'हरि रिसाए भने कबीर गुरुको शरणमा जान्छ तर गुरु नै रिसाए भने हरिले पनि सहारा दिन सक्दैनन्' पूर्वीय गुरुशिष्य परम्पराको गरिमा झल्काउने कबीरका यी विशिष्ट अभिव्यक्तिहरू हुन् । गुरुलाई परमात्माको रूपमा मात्र नदेख्ने, परमात्मा भन्दा पनि माथि देख्ने - हुन त यो आफैमा रहस्य छ । कबीरका यी वचनहरूबाट सामान्य व्यक्तिलाई अलिक अचम्म पनि लाग्ला । पूर्वमा गुरुलाई भगवान् भन्दा पनि पूजनीय मान्ने संस्कृति आफैमा गहन र विशाल छ । परमात्माभन्दा पनि माथि गुरुलाई राख्ने आफ्नै कारणहरू छन । परमात्मा र मनुष्यको बीचमा ठूलो दूरी छ । हाम्रो लौकिक भाषा दुःख र विषादको भाषा हो । यो भाषा निराकार परमात्मालाई बुझाउन मनुष्य असमर्थ छ किनभने । परमात्मा निरपेक्ष शान्तिमा डुबेको छ, निश्चल र निर्विकार छ । हामी सापेक्ष। पागलौं सानो-सानो कुराले दुःखी हुन्छौं, स-सानो भावबाट प्रभावित हुन्छौं । मनुष्य र परमात्मा दुबैको बीचमा कडी हो - गुरु । उसले हाम्रो करा पनि बळ हाम्रो कालाई परमात्मासम्म पुऱ्याउन पनि सक्छ र परमात्माको अनन्त जलाई हाम्रो पात्रता अनुरूप हामीलाई दिन सक्छ । गुरुको माध्यमबाट मात्र परमात्मासँग संवाद हुन सक्छ । वासना भावहरू अचिन्त्य परमार कुनै सामान्य ज्ञानीले सक्दैन न सक्छ । वासना, कामना, तृष्णाबाट ग्रसित शिष्यका सत्य परमात्मालाई बुझाउन आत्माप्रकाशित गरुले मात्र र सामान्य ज्ञानी र अज्ञानीको बीचमा गुणात्मक इन्छ । ज्ञानीसँग अलिक ज्ञान बढी हुन्छ, सूचना बढी हुन्छ अज्ञानीसँग अलिक कम हुन्छ । यो फरक गुणात्मक दो गुरु शिष्यको बीचमा जुन भेद हो त्यो गुणात्मक भेद हो। मारमा छगरु प्रकाशित छ । गुरुमा ज्ञान, सूचना र संग्रह हामीमा होइन, संख्यात्मक भेद हुन्छ । ज्ञानीसँग हुन्छ, स्मृतिको संग्रह हुन्छ अज्ञानीसँग अलि होइन संख्यात्मक हो । गुरुशिष्यको बीचमा जन भेट भन्दा कम पनि हुन सक्छ तर गुरु आफैमा हामीभन्दा बढी छ । नोकरा हो । कबीर आफै अनपढ थिए, भक्त गोरा कम्हार थिए, रैदास चमार थिए तैपनि हामीले उनीहरूलाई गुरु मान्यौं । गुरु कुनै ज्ञानले टोटन उसको चेतनाको स्थितिले हो । स्वामी विवेकानन्द रामकृष्ण परमहंसभन्दा बढी ज्ञानी हुनुहुन्थ्यो । गुरुको जुन चेतना हो, बोध हो, त्यो हाम्रोभन्दा विशाल छ बह्त् छ । यही उसको विशेषता हो । 'गुरुबिना होत न ज्ञान' गुरुबिना ज्ञान हन सक्दैन । गुरुबिना आत्मसाक्षात्कार हन सक्दैन । गुरुबिना परमात्मालाई पाउन पूर्वीय धर्महरूले असम्भव ठाने । नानकले यहाँसम्म भन्नुभयो कि 'नि गुरुए का दर्शन बरा' - जुन व्यक्तिको गुरु छैन त्यस्तो व्यक्तिको बिहान-बिहानै दर्शन भयो भने बुझ कि आजको दिन बिग्रियो । नानकले यस्तो भन्नमा कारण छ । जुन व्यक्तिको गुरु छ त्यो व्यक्ति विनम्र हुन्छ । कमसेकम एक व्यक्तिलाई त उसले आफभन्दा विशिष्ट मान्छ, एक व्यक्तिका । चरणमा त झक्छ । जसको गुरु हँदैन त्यो व्यक्ति अहंकारी हुन सक्छ ।

त्यस व्यक्तिले आफूभन्दा ठूलो कसैलाई मान्दैन, कसैको अगाडि झुक्दैन । नानक यस कथनमा धेरै सत्य लुकेको छ । व्यहरूले गुरुको स्मरण र परमात्माको स्मरण एउटै मान्दछन् । त्यो सही । हा. जसले ब्रहमलाई जान्यो त्यो ब्रहममय नै हुन्छ । सच्चा गुरु त्यसैलाई मान्छौं जो ब्रहममय भइसकेको छ,  जो पूर्ण सम्बुद्ध छ । त्यही व्यक्तिमात्र गुरु हुने आधकाय भइसकेको छ, जसले परमात्माको साक्षात्कार गरिसकेको छ जो पूर्ण सम्बु सामान्य ज्ञानी व्यक्तिलाई गुरु भन्नु भूल हा बाट सिकेको कुरा हो । गुरु उस छ । जसले परमात्मा सा बुझ्नै सक्दैन । जबसम्म सापेक्ष गर्न सक्दैनौं । परमात्मा साक्षात्कार भइस ३ गुरु भन्नु भूल हो । यस्तो ज्ञान भनेको हामीले बाहिर  कुरा हो । गुरु उसलाई भनिन्छ जो स्वअनुभूतिद्वारा पूर्ण साक्षात्कार गरिसकेको छैन उसले अरूलाई राम्रोसँग । जबसम्म सापेक्ष दृष्टिकोण छ हामी पूर्णसत्यको साक्षात्कार भइसकेको व्यक्तिको दृष्टि निरपेक्ष हुन्छ । उसल निरपेक्ष सत्य बुझ्न सक्छ र सत्यको सबै आयामलाई पूर्ण दृष्टिले दख्न सक्छ । वास्तविक अर्थमा यस्तो व्यक्तिमात्र गुरु हुन सक्छ । संसारमा त्यही व्यक्ति परमात्माको सच्चा प्रतिनिधि हो । उसले शिष्यको लौकिक, पारलौकिक, आध्यात्मिक तीनै समस्या बुझ्न सक्छ । त्रिविध तापबाट उसले त्राण दिन सक्छ ।यस्तो एक व्यक्ति चाहियो जसले यो अन्धकारको बाटो अघि नै हिडिसकेको छ । यस्तो एक व्यक्ति चाहियो जो हामीजस्तै दुःखमा बसिसकेको छ । यस्तो एक व्यक्ति चाहियो जसले हामीले जस्तै भूल गरिसकेको छ, जसले हाम्रो भाषा बुझ्न सक्छ र हामीलाई त्यस्तै भलहरूबाट बचाउन सक्छ। त्यसैले गुरु आधा मनुष्यजस्तो छ र आधा परमात्माजस्तो छ । अतीत उसको मनुष्यको छ र वर्तमान उसको परमात्माको छ । त्यसैले गुरु एक सेतु हो दिव्य र नश्वरको, अमृतलोक र मृत्यलोकको बीच । यो सेतुबिना हामी यो सांसारिक भवसागर पार गर्न सक्दैनौं । हामी डुब्न सक्छौं । त्यसकारण गुरु एक पुल हो साथै एक माध्यम पनि - मृण्मय तथा चिन्मयबीचको  गुरु र शिष्यबीचको सम्बन्ध पनि बुझौं ।

यो सामान्य प्रेम होइन । हामीलाई सामान्यतया तीन थरीको सम्बन्ध थाहा छ । एउटा वासनाको सम्बन्ध जसमा प्रेम नगन्य हुन्छ र प्रायः वासनाले सम्बन्धलाई डोयाइरहेको हन्छ । सामान्य संसारमा देखिने सम्बन्ध यही हो । अर्को सम्बन्ध छ - प्रेमको, जसमा आधा कामना हुन्छ र आधा प्रेम हुन्छ । आधा त्यसमा दैविक गुण हुन्छ आधा मानवीय कमजोरी हुन्छ । त्यसकारणले प्रेम अति सुन्दर, माधुर्यमय, संगीतमय र काव्यमय हुन्छ । प्रेममा अति तृप्ति हुन्छ । त्यसैले प्रेमभन्दा ठूलो घटना कसैको जीवनमा केही पनि हुन सक्दैन । अर्को तेस्रो सम्बन्ध छ - श्रद्धाको । यसमा नगन्य कामना र अधिकांश निष्कामता हुन्छ र समर्पण हुन्छ । नगन्य कामनाचाहिँ मुक्तिको कामना हो । परम मुक्तिको, मोक्षको कामना । गुरुजस्तै निर्विकार, निष्कलंक र शुद्ध बन्ने कामना । कुनै पनि कामनाको सम्बन्ध क्षणिक हुन्छ, मन परेको वस्तुलाई प्राप्त गर्ने राम्रो चिज देख्दा लोभ लाग्ने । कहीं पनि आकर्षण देख्दा कामना दौडिन्छ - आकर्षणको वस्तु प्राप्त गर्नलाई । गहिरो प्रेम क्षणिक हुँदैन । दुईचार जन्मको भावनात्मक सम्बन्ध नभईकन गहिरो प्रेम हुन सक्दैन । त्यसैकारण हामी भन्छौं, प्रेम जन्मजन्मान्तरको सम्बन्ध हो । यदि तपाईं कसैको गहिरो प्रेममा पर्नुभयो भने यो यही जन्मको मात्र भेटघाट होइन तर श्रद्धा त्योभन्दा पनि निकै गहन सम्बन्ध हो ।

हुन त शिष्यलाई याद हुँदैन, स्मृति हुँदैन । शिष्यले ठान औते गरुलाई खोजें, गुरुलाई भेटाए र म गुरुलाई प्रेम गर्छ तर शिष्य बोज पनि सक्दैन किनभने शिष्य त अन्धकारमा छ। उसले लुकेको प्रकाश कसरी खोज्न सक्छ ? गुरु प्रकाशमा छ उसले शिष्यलाई खोज्छ । मिश्रमा प्रचलित भनार हामीकहाँ पनि चलनमा छ - 'जब शिष्य तयार हुन्छ तब गरु प्रकट हन्छ ।' आँखै नभएको शिष्यले गुरुलाई खोज्न सक्दैन । प्रार्थना गर्न सक्छ, प्रतीक्षा गर्न सक्छ । त्यही गहन प्रतीक्षा र प्रार्थनामा गुरु प्रकट हुन्छ । जब शिष्य प्यासले तडपिन्छ तब गुरु प्रकट हुन्छ - उसको प्यास मेटाउन । गरुप्रति असीम प्रेम, श्रद्धा र समादर प्रकट गर्ने यो आषाढ पूर्णिमा एक अनुपम अवसर हो । ब्राह्मणको पर्व हो- रक्षाबन्धन, क्षत्रीको पर्व हो- दशैं, वैश्यको पर्व हो- तिहार र क्षुद्रको पर्व हो- होली । वर्णातीत शिष्यको सबैभन्दा ठूलो पर्व हो - गुरु पूर्णिमा । यस पवित्र दिनको यस पावन अवसरमा म आफ्नो सद्गुरु ओशो तथा अन्य अनेक सद्गुरुहरूको चरणमा आफ्नो श्रद्धा सुमन चढाउन चाहन्छु । (सन्त दर्शन पुस्तकबाट)

 

 

 

Comment As:

Comment (0)