
मनजीत चौधरी १९ भदौ, बुटवल । थारु बौद्ध समाज जिल्ला कार्यसमिति रुपन्देहीको शनिबार बुटवलमा पहिलो बैठक सम्पन्न भएको छ । जिल्ला अध्यक्ष राज चौधरीको अध्यक्षतामा बसेको बैठकमा समाजका केन्द्रीय सदस्य बासुदेव थारु, रुपनारायण थारु लगायतको उपस्थिति रहेको थियो । बैठकले कार्यसमिति सदस्यमा सियारी गाउँपालिका कनरी निवासी रीता चौधरी र सल्लाहकारमा समाजका केन्द्रीय उपाध्यक्ष रामकुमार थारु, केन्द्रीय सदस्य बासुदेव थारु र रुपनारायण थारुलाई मनोनित गरेको छ । त्यसैगरी बैठकले यही आउँदो आश्विनको पहिलो हप्तामा पाँच दिने वापा तालिम आयोजना गर्ने र जिल्ला भित्रका प्रत्येक पालिकाबाट एक जनाको दरले प्रशिक्षार्थी सहभागी गराउने सर्वसम्मतमा निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष चौधरीले वापा तालिमका लागि नेपाल मगर बौद्ध सेवा समाजसंग पनि सहकार्य गरेर जाने बताए । उनले उक्त तालिममा एक जना थारु वापा र एक जना मगर वापा गरी दुई जना प्रशिक्षक रहने जानकारी गराए ।