No icon

धार्मिक तथा पर्यटकीय स्थल रामदतिवनको अध्यक्षमा चुणमणी 

२५ षैष, कपिलबस्तु ।  कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका ९ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल रामदत्तिवन धामको अध्यक्षतामा चुणमणी अर्याल चयन भएका छन् । शनिबार विशेष भेलाबाट चुणमणी अर्यालको अध्यक्षतामा ११ सदस्यी नयाँ कार्य समिति चयन भएको छ । जसको  उपाध्यक्षमा ऋषिकेश पोख्रेल, सचिवमा प्रेम नारायण पाण्डे, कोषाध्यक्षमा चन्द्रवती थारु, सह–सचिवमा दिनेश कार्कि चयन भएका छन्। त्यस्तै समितिको सदस्यहरुमा यदुनाथ शर्मा, सिता कुमारी पोख्रेल, मन्जु भुसाल, तिलमाया खड्का र कमल बेल्वासे चयन भएका छन् । यस्तै भेलाले लेखा समितिमा लक्ष्मण रायमाझीको संयोजक रहने गरी कमला पाण्डे क्षेत्री र गोपाल गिरीलाई सदस्यमा चयन गरेको छ ।

 

Comment As:

Comment (0)