३० असोज, कपिलवस्तु । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका ८ बोडगाउँमा हत्या हिंसा तथा बलत्कारको विरुद्ध युवातीहरुले शुक्रबार साँझ संकेतिक विरोध गरेका छन् ।
उनीहरुले दिनहुँ समाजमा बढ्दै गएको हत्या हिंसा र बलत्कारको विरुद्धमा ब्लेक आउट मुमेन्ट गर्दै संकेतिक विरोध गरेका हुन् । उक्त किशोरी हत्या हिंसा तथा बलत्कार विरुद्धको अभियनमा युवातिहरुले कालो ड्रेस लगाएर विरोध गरेका हुन् । अभियान कार्यक्रम बाणगंगा नगरपालिका वडा ८ बाल संञ्जालको अयोजनामा गरिएका थियो । भने अभियानलाई बाणगंगा वडा नं. ८ वडा कार्यलय, मेची महाकाली बुहारी संयुक्त आवाज शाखा कपिलवस्तु, घरघमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपाल, महिला सञ्जाल लगायत समाजिक संघ संस्थ बुद्धिजिवीहरुले एकवद्धता जनाएका थिए ।