No icon

कपिलबस्तुको पर्यटकीय स्थल राजापानीमा थारु संग्राहलय निर्माण हुने

सिर्जना थारु २३ कपिलबस्तु । कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नं.३ को पर्यटकिय स्थल राजापानीमा संस्कृति झल्कने थारु संग्राहलय बन्ने भएको छ ।  संग्रहालय निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन थालिएको छ । थारू जातिको इतिहास तथा संस्कृति बचाउने र नयाँ पुस्ताका लागि थारु संस्कृतिको पहिचान जोगाइ राख्ने उद्देश्यले संग्रहालय निर्माण गर्न लागिएको बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले बताउनु भयो ।  राजापानीको करिब १ बिगाहा क्षेत्रफलमा संग्राहलय निर्माण हुनेछ । बाणगंगा नगरपालिकामा र थारु समुदायको बाहुल्य क्षेत्र भएकाले सोही क्षेत्रमा संग्राहलय निर्माण गर्न लागिएको राजापानी समुदायिक बनका अध्यक्ष ढाकाराम अधिकारीले बताउनुभयो । 


संग्रहालयमा थारू कला संस्कृतिझल्किने चित्र, मूर्ति, नक्सा, थारु भेषभूषा, गहना तथा प्रयोग हुने परम्परागत सामग्री ,नाचगान, चाडपर्व र सामाजिक जीवन झल्कने चित्रले संग्राहलयका भित्तामा सजाइनेछ ।  थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता घर, थारू समुदायका पुराना गहना र कपडा संकलन गरेर राखिनेछ । पाठ फाइन्डर्स सर्भिस प्रालिले संग्राहलय निर्माणका लागि डिपिआर बनाउन जिम्म लिएको छ । नयाँ नयाँ प्रविधिको विकास सँगै लोप हँुदै जानथालेका पुरानालोक संस्कृतिहरू नयाँ पुस्तामाझ पुस्तान्तरण गर्नका लागि थारु संग्राहलय स्थापनाको अवधारणा ल्याइएको नगरपालिकाले जनाएको छ ।
 

Comment As:

Comment (0)