No icon

कपिलवस्तुको उदयपुर स्कुलमा माघ ४ र ५ गते माघी महोत्सव हुने

१४, पुस कपिलवस्तु ।  विगतका बर्षहरुमा झै यस बर्ष पनि कपिलबस्तुको उदयपुर स्कुलमा तेस्रो माघी महोत्सव हुने भएको छ । थारु संस्कृति संरक्षण तथा प्रवद्र्धन सभा बाणगंगा –८ कपिलबस्तुको आयोजनामा माघ ४ र ५ गते उदयपुर स्कुल मोर्मीमा तेस्रो वडा स्तरिय माघी महोत्वस हुने थारु संस्कृति संक्षण तथा प्रवद्र्धन सभाका उपाध्यक्ष संक्रन्ती थारुले जानकारी गराए ।

महोत्सवमा आदिवासी जनजाति समुदायकोे भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीको प्रदर्शनी र थारु खानाका परिकार कक्ष रहनेछन् । महोत्सवमा थारु, मगर, गुरुङ्ग लगायतका विभिन्न समुदायका विभिन्न नाच तथा झाँकीको प्रदर्शनी समेत गरिनेछ । विशेषगरी महोत्सव अवधिभर थारु संस्कृति झल्कने झुमरा, झर्रा, लाठी नाच, मयूर नाच, सजनी विरहनी, रेकर्ड डान्स हुने छन्, भने महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन यस बर्ष मगर, गुरुङ्ग लगायत अदिवासी जनजाति समुदायको विविध संस्कृतिक कार्यक्रम हुने अयोजकले जनाएको छ । माघी नजिकिएसँगै यतिबेला थारु गाउँ बस्तीहरुमा  छुट्टै रौनकता  छाएको छ । कपिलवस्तु, दाङ, रुपन्देही, नवलपरासी लगायतका थारु बस्तीमा माघीको रौनकता बढेको हो । साथै माघी पर्व नजिकिदैै जाँद विभिन्न ठाउँमा स्टेज माघी कार्यक्रमको चहल पहल हुन थालेको छ । कपिलबस्तुका विभिन्न स्थानमा वडा स्तरिय, नगर स्तरिय ९ स्थानमा थारु माघी महोत्सवको हुने थारु कल्यणकारी सभाका जिल्ला अध्यक्ष उमाशंकर चौधरीले बताए ।

Comment As:

Comment (0)