बुटवलको लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट

No icon

२ साउन बुटवल । लुम्बिनीकेबलकारले साउन र भदौ महिनाका लागि टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ ।  साउनको पहिलो बुधबारदेखि लागु हुने गरी हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म मात्र टिकट काट्ने पर्यटकहरुका लागि हाल कायम साधारण टिकट दरमा ५० प्रतिशत छुट गर्ने निर्णय भएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए ।  हालकेबलकारको साधारण टिकट दर ७५० रुपैयांरहेको छ । अब नेपालीनागरिकहरुले हरेक बुधबार बिहान ९ बजेदेखि १२ बजेसम्म ३७५ रुपैयांमा केबलकारमा यात्रा गर्न पाउने छन् भने भारतीयनागरिकले ३७५ भारुमा र तेस्रो मुलुककाविदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने कम्पनीले जनाएको छ ।

 यो अफरले आम सर्वसाधारणलाई समेत निकै सस्तो शुल्कमा केबलकार यात्रा गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ । सो वाहेक अन्य समयमाभने पुरानै टिकटदर कायम गरिएको छ ।  लुम्बिनीप्रदेशकै पहिलो यो केबलकार गत जेठ १५ गतेबाट व्यवसायिक सञ्चालनमा रहेको छ । केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर हिन्दु धर्मावलम्बीहरुकालागि विशिष्ट आकर्षण बनेको छ ।  मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशकाविभिन्नशहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने संख्या बढ्दो क्रममा रहेको आयोजनाप्रमुखगोकुल साउदले जानकारी दिए ।

 टप स्टेशनमा सय वर्ष पुरानो भगवती मन्दिर, महादेव शिवको वाहननन्दी, वर पिपल चौपारी,पोखरी लगायतकाधार्मिक संरचनाहरु रहेका छन् । साउन महिनामा टप स्टेशनमा जलार्पण गर्ने व्यवस्था समेत रहेको कम्पनीले जनाएको छ ।  केबलकारले बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकाले ५० प्रतिशतका दरले बांडफाड गर्ने गरी प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्क वापत दिने सम्झौता गरेको छ । 

Comment As:

Comment (0)